default_image

General

July 4, 2020

कोरोनाविरुद्ध सचेतना दौड

काठमाडौं (हाम्रो खेलकुद) – लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोनाविरुद्ध सचेतना दौड शनिबार सम्पन्न भएको छ ।  बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस दिइएको थियो । दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ जना […]

July 3, 2020

अनलाइन कराते कातामा नेपाललाई ४ स्वर्णसहित १० पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले ४ स्वर्णपदकसहित १० पदक हात पार्न सफल भएको छ । नेपालले चार स्वर्ण, समान ३ रजत पदक र ३ कास्य पदक गरी १० पदक जित्न सफल भएको हो । नरहरिपुर कराते डोजो, मच्छेगाँउकी सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा स्वर्ण हात पारिन् । उनले […]

July 3, 2020

पिसिआर मेसिनका लागि सन्दीपसहित क्रिकेटरहरुको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ७ को डडेलधुरामा स्थापना पिसिआर मेसिनका लागि खेलाडीबाट सहयोग उठ्ने क्रम जारी रहेको छ । यहि क्रममा राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेसहितका खेलाडीले आर्थिक सहयोग गरेको राजधानीबाट अभियानमा सहयोग गरिरहेको ओलम्पियन दीपक विष्टले जानकारी दिए । सन्दीपसहित महिला राष्ट्रिय टोलीकी अन्जली चन्द र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य क्रिकेट प्रशिक्षक […]

June 27, 2020

रोनाल्डो र मेस्सीलाई सँगै खेलाउने टेभेजको इच्छा

एजेन्सी – अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेज खेल जीवनको झन्डै अन्त्य तिर पुग्न लागेका छन् । उनले आफ्नो विदाई खेलका बारेमा पनि योजना बनाएका छन् । जसमा उनी क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीलाई सँगै खेलाउन चाहन्छन् । अर्जेन्टिनी स्ट्राइकरले अर्को ६ महिना बोका जुनियर्सबाट खेल्नेछन् । टेभेजले आफ्नो विदाई खेलमा कस्तो टोली बनाउन चाहेको मात्र होइन […]

June 21, 2020

टेवल टेनिस मुख्य प्रशिक्षकमा ढुंगेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।   यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ […]

June 21, 2020

ब्याडमिन्टन स्टार प्रिन्स र पुजाले थाले प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल र कीर्तिमानी राष्ट्रिय च्याम्पियन पुजा श्रेष्ठले प्रशिक्षण शुरुवात गरेका छन् । प्रिन्स र पुजाले शनिबारदेखि बुल्स इन्डोर ब्याडमिन्टन हलमा प्रशिक्षण थालेको हो ।  कोभिड–१९ को महामारीको त्रास र त्यसबाट बच्न नेपाल सरकारले गरेको ३ महिना भन्दा लामो लकडाउनलाई १ असारदेखि खुकुलो बनाएसँगै खेलाडीहरुले व्यक्तिगत प्रशिक्षण थालेको […]

June 20, 2020

बुन्डेसलिगामा आज ९ खेल, शीर्ष चार र रेलिगेसनको रोमान्च

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज आज राति ३३ औं चरणका सबै खेल हुँदैछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखदेखि रेलिगेसन क्षेत्रमा रहेको पाडेरवर्न सबैले आ–आफ्नो प्रतिद्वन्द्वीसँग खेल्दैछ । खेलमा प्रभाव नहोस् भनेर खेलहरु एकै समयमा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखले आठौं स्थानको फ्रेइवर्गसँग प्रतिस्पर्धा गर्दैछ ।  […]

June 19, 2020

खेलाडीलाई आईओएफटीसीको राहत

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत वितरण गरेको छ । कोरानो भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका उपत्यकाका तेक्वान्दो खेलाडीका परिवारलाई प्रति परिवार २ हजार २ सयका दरले खाद्यान्न उपलब्ध गराइएको हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र […]

June 19, 2020

बार्सिलोना र सेभिया भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज रातिदेखि ३०औं चरणको खेलहरु हुँदैछ । ३०औं चरणको पहिलो दिन ३ खेल हुदैछ । शीर्षस्थानमा रहेको बार्सिलोनाले सेभियाको भ्रमण गर्दा ग्रानडा र भिल्लारियल तथा रियल मालोर्का र लेगानेसबीच पनि प्रतिस्पर्धा हुनेछ । सेभिया र बार्सिलोनाबीचको खेल सेभियाको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । सेभियाविरुद्धको खेल बार्सिलोनाको लागि […]

June 18, 2020

पारा तेक्वान्दो खेलाडीलाई एभरेस्ट तेक्वान्दोको निरन्तर सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट तेक्वान्दो डोजाङले विपन्न तथा पारा खेलाडीलाई नगद तथा खाद्यान्न सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् । View Post डोजाङले पारा तेक्वान्दोका पाँच जना राष्ट्रिय खेलाडीलाई जनही ५ हजारका दरले तथा दिलिप स्मृति तेक्वान्दो डोजाङका ६ जना खेलाडीलाई खाद्यान्न सामग्री वितरण गरिएको र आगामी दिनमा आवश्यकता अनुसार समस्यामा परेका खेलाडीलाई एभरेष्ट […]

Success

Thank you for your time.