July 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल ब्याडमिन्टन एसियाकै बेस्ट जुनियर खेलाडी बनेका छन् । ब्याडमिन्टन एसियाले प्रिन्सलाई पछिल्ला खेलहरुको प्रदर्शनको आधारमा बेस्ट जुनियर खेलाडी घोषणा गरेको हो । प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् । यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो । फागुन अन्तिममा सार्वजनिक भएको […]
July 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवंम् हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि गरेको अभ्रद व्यवहारप्रति मन्चले घोर भर्त्सना गरेको छ । बिहिबार साँझ समाचारका लागि फोन वार्ता गर्ने क्रममा थापाले तिमल्सिनालाई गाली गलौज सहित अभद्र व्यवहार गरेका […]
July 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत चैतमा नेपाली ब्याडमिन्टन टोलीलाई प्रशिक्षण दिन आएका कोरियन प्रशिक्षक चोइ सिउन कुकले वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षण दिन थालेका छन् । प्रशिक्षक कुकले सोमबारदेखि वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षणको समय छुट्याएका हुन् । नेपालमा लकडाउन खुकुलो भएसँगै नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई असार दोस्रो सातादेखि […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व बक्सिङ खेलाडी दीपा क्षेत्रीले मृगौला रोगबाट पीडित शिक्षक खुशबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छन् । केहि वर्षयता मकाउमा कार्यरत दीपाले लालबजार निवासी थापालाई ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् । थापालाई दीपाका भाइ रवि महर्जनले लालबजारस्थित उनकै निवासमा पुगेर रकम हस्तान्तरण गरे । श्री जनता उमाविमा कार्यरत ६६ वर्षीय […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई […]
July 14, 2020
मिति – सन् २०१९ जुलाई १४ स्थान – लर्ड्स क्रिकेट मैदान टोली – इंग्ल्यान्ड विरुद्ध न्युजिल्यान्ड प्रतियोगिता – एकदिवसिय विश्वकप आहा! त्यो विश्वकप फाइनल । एक अविश्वसनिय र अविष्मरणीय विश्वकप फाइनल । विश्वकप फाइनल बराबर हुँदै सुपर ओभर । सुपर ओभर पनि बराबर । अनि चौका छक्का बढी प्रहारको आधारमा विश्वकप च्याम्पियन । विश्व क्रिकेट […]
July 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा थप २ रजत र १ कांस्य जितेका छन् । प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८–३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जितेकी हुन् । महिला १५–१७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन् । योसहित प्रतियोगितामा एनटीएका खेलाडीले […]
July 12, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति ३५औं चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चारको दौडमा रहेको लेस्टर सिटीले बर्नमाउथको सामना गर्दा टोटेनहम हस्टपर र आर्सनल, वल्भ्स र एभर्टन तथा एस्टन भिल्ला र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ । बर्नमाउथ र लेस्टरबीचको खेल नेपाली समयअनुसार राति ११ः४५ बजे प्रतिस्पर्धा हुनेछ । चौथो स्थानको […]
July 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघको आयोजनमा आगमी १ साउनदेखि अनलाइन बुद्धिचाल च्याम्पियनसिपमा नेपाली खेलाडीले डच ग्रान्ड मास्टर्स अनिष गिरीसँग पनि प्रतिस्पर्धा गर्ने भएको भएको छ । विश्व वरीयताको १०औं स्थानमा रहेको नेपाली मुलका अनिष गिरी लामो समयदेखि नेदरल्यान्डमा बस्दै आएका छन् । उनले नेदरल्यान्डबाट प्रतिनिधित्व गरिसकेका छन् । उनका बुवा संजय गिरी लामो […]