July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन क्लबले पार्क भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले असोज दोस्रो साता ४० वर्षमाथिको पार्क भलिबलको भेट्रान प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपालमा पार्क भलिबल दोस्रपटक हुन लागेको हो । यसअघि सन् २०१६ मा भक्तपुरमा युथ स्पोर्ट्स ग्रुप नेपालले विद्यालय स्तरीय खुल्ला पार्क भलिबल प्रतियोगिताको आयोजना भएको थियो […]
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् । १३औं सागमा नेपालको तर्फबाट पहिलो स्वर्णपदक विजेता तथा नेपाललाई दुई स्वर्णपदक दिलाएका करातेका मण्डेकाजी श्रेष्ठलाई राष्ट्रिय युवा संघ नेपालले ५ लाख नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई युवा संघका रमेश आचार्य, धादिङ जिल्ला […]
July 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लबले प्रशिक्षक सल्यान खड्गीलाई क्लबका खेलाडीले हस्ताक्षर गरेको जर्सी प्रदान गरेका छन् । चेल्सी नेपालले खड्गीलाई चेल्सीका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको हस्ताक्षर गरेर पठाएको जर्सी हस्तान्तरण गरेको हो । खड्गीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले जर्सी हस्तान्तरण गरेका हुन् । […]
July 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्समा भएको अनलाइन कुमुते कराते कम्पिटिसनमा एभरेस्ट मार्सल आर्टस कराते टोलीले विभिन्न ९ पदक जित्न सफल भएको छ । एभरेस्ट मार्सल आर्टस कराते टोलीले १ स्वर्ण र समान ४–४ रजतपदक र कास्यपदक जित्न सफल भएको हो । गल्र्स ८ वर्षमुनिको कुमुतेमा सुविता गौतमले स्वर्णपदक जित्न सफल भइन् । उनले मकाउकी केइ […]
July 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन खेलाडी सानिया चन्द दुवईमा शुरु एयर ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । पछिल्लो समय परिवारसँगै युएईमा बस्दै आएकी कञ्चनपुर महेन्द्रनगरकी सानियाले स्थानिय खेलाडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले २०१९ मा लन्च गरेको एयर ब्याडमिन्टन प्रतियोगिता युएइंमा पहिलोपटक […]
July 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्णधारी कमल श्रेष्ठ र पार्वती गुरुङले अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गतको ब्ल्याकबेल्टमा स्वर्ण हात पारेका छन् । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको च्याम्पियनसिपमा कमल र पार्वतीसँगै निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका छन् । नेपालले च्याम्पियनसिपमा […]
July 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत चैतलाई तय भएको वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता नहुने पक्का भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारण प्रतियोगिता रद्ध गरिनु परेको जानकारी गराएको छ । ‘कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै विभिन्न प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषदले पनि आर्थिक वर्ष समाप्त […]
July 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाइ सम्मान गर्ने भएको छ । विभागले मगंलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सागमा स्वर्णपदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय भएको संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए । सागमा ४ वटा स्वर्णपदक विजेता खेलाडीलाई २५ हजार, दुई स्वर्णलाई […]
July 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – माइसको व्यवस्थापन र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा साउन तेस्रो सातादेखि ब्याडमिन्टन क्याम्प सञ्चालन हुने भएको छ । देवीनगर ब्याडमिन्टन क्लब बानेश्वरको कोर्टमा क्याम्प १५ देखि २९ साउनसम्म सञ्चाल हुने काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले जानकारी गराए । ‘पछिल्लो समय बच्चाहरुको अनलाइन क्लासहरु छैन […]
July 18, 2020
एजेन्सी – इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको सेमिफाइनलमा आज राति प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार राति १२ः३० बजे प्रतिस्पर्धा हुँदैछ । एफए कपको सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल साविकको विजेता सिटीलाई पराजित गर्दै फाइनल पुग्ने दाँउमा हुनेछ । तर, आर्सनलको पछिल्लो खेलको प्रदर्शनमा […]