default_image

General

September 22, 2020

विद्यालय लिग गराउने एन्फाको तयारी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सुचना जारी गर्दै सुचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा प्रतियोगिता खेल्न इच्छुक काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकका विद्यालयहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले विद्यालय लिगबाट खेलाडी छनोट गरी […]

September 21, 2020

अपाङ दम्पतीलाई जीसीएसको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, […]

September 20, 2020

कार्कीद्वारा पदवहाली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् । कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन् । सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास […]

September 19, 2020

प्रिन्स र रशिलालाई कैलाली ब्याडमिन्टनबाट खेल सामग्री सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर सेभेन नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल र रशिला महर्जनलाई कैलाली जिल्ला ब्याडमिन्टन संघले ब्याडमिन्टन खेल साम्रगी सहयोग गरेका छन् । हाल अमेरिकामा बसोवास गर्दै आइरहेका पुर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुको पहलमा कैलालीले खेलाडीका लागि दुई वर्षसम्मको लागि खेल सामग्री सहयोग गरेका हुन् । खेल सामग्री राष्ट्रिय खेलकुद […]

September 15, 2020

एनआरएनएले खेलाडीको कोरोना बीमा गरिदिने

काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको कोरोना बीमा गर्ने भएको छ । एनआरएनले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वब्यापी बनेको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपालमा समेत कोरोना बढ्दै गइरहेको परिप्रेक्षमा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जो अघिल्लो वर्ष (२०७५) मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद र गतवर्ष […]

September 15, 2020

ओलम्पियन नयनाका दम्पती र छोरालाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन पौडीवाज नयना शाक्यसँगै उनको परिवारलाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको लेखेकी छन् । नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी बिकास शाही र छोरा इभानलाई कोरोना देखिएको हो । आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि […]

September 15, 2020

पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा (हाम्रो खेलकुद) – सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका पोखरा सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन् । क्लबको २२औं वार्षिकोत्सवका अवसरमा पौडेललाई २० हजार ५ सय रुपैँया, ताम्रपत्र र दोसल्ला ओढाई सम्मानित गरेको हो । उनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, क्लबका अध्यक्ष केशव बहादुर थापा र संस्थापक अध्यक्ष […]

September 15, 2020

लाजिम्पाटमा ब्याडमिन्टन र टेनिस कोर्ट सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीको मुटु लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुई वटा ब्याडमिन्टन कोर्ट र दुई वटा टेनिस क्ले कोर्ट सञ्चालनमा ल्याएका हुन् । उक्त ब्याडमिन्टन कोर्ट र टेनिस कोर्टको मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष सुभास श्रेष्ठले उद्घाटन गरेका छन् […]

September 14, 2020

ब्याडमिन्टनका ५१ खेलाडीको कोरोना बिमा

काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी जिल्ला ब्याडमिन्टन संघका सदस्य तथा सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले एकल प्रयासमा ब्याडमिन्टनका ५१ जना राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिदिएका छन् । एकेडेमीका अध्यक्ष कार्कीले आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएका ६ वटा प्रदेश र तीन विभागीय टोलीका गरी कुल ५१ जना खेलाडीको कोरोना बिमा गरिएको जानकारी गराएको छ । […]

September 14, 2020

एन्फा सदस्य लामाद्धारा हन्ड्रेड ग्रुपलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दावा लामाले सामाजिक संस्था हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग प्रदान गरेको छ । सदस्य लामाले हन्ड्रेड ग्रुपका संयोजक बब्लु गुप्तालाई २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । हन्ड्रेड ग्रुपले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का नेपालमा भएको लकडाउन र निशेधाज्ञाका कारण दैनिक गुजारा […]

Success

Thank you for your time.