October 11, 2020
एजेन्सी – दोस्रो वरियताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै नाडाल फ्रेन्च ओपनमा १३औं पटक च्याम्पियन बन्न सफल भएको हो । यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी […]
October 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ कार्तिक चौथो साता आयोजना हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप २२ र २३ कार्तिकमा हुने भएको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । […]
October 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली राष्ट्र जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीले पुनः प्रशिक्षण सुरु गरेको छ । करातेका प्रशिक्षक दीपक श्रेष्ठले टोलीले सुरक्षित विधि अपनाएर असोज ६ गते बाट प्रशिक्षण सुरु गरेको जानकारी दिएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पत्र काटेरै खेलकुद गतिविधि केही नगर्न […]
October 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् । पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो । पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १३ वर्षीया पलिस्थाले ३० केजी तौलसमूहमा स्वर्ण […]
October 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक थकाली सेवा समिति अष्ट्रेलियाले पाँचौ संस्करणको तोरन्ला रनिङ भलिबल कपको उपाधि जितेको छ । अष्ट्रेलियास्थित एयुबर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा छन्त्याल परिवार अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै थकाली सेवा समितिले उपाधि जितेको हो । तिस्पर्धात्मक बनेको पहिलो सेटमा थकालीले २५–२२ को जित निकालेको थियो । दोस्रो सेट […]
October 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरेको हो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत […]
October 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । यो उपलब्धी हासिल गर्न विश्व तेक्वान्दो (डब्लुटी) ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ । यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्नेछ । लामाले २००८ मा बैंकक, २०१२ मा […]
September 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– […]
September 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटीका ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् । युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न […]
September 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको जुडोतर्फको स्वर्णपदक विजेताद्धय पुनम श्रेष्ठ र देविक खड्का सम्मानित भएकी छन् । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट हस्तान्तरण कार्यक्रममा पुनम र […]