June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र नेपाल ओलम्पियन संघ (एनओए) को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय ओलम्पिक डे जुन २३ को अवसरमा मैत्रीपूर्ण फुटसल र टेबल टेनिस हुने भएको छ । एनएनआइपिएले एक विज्ञप्ति जारी गर्दै असार ८ गते शुक्रबार ओलम्पिक डे रनको अवसरमा मैत्रीपूर्ण टेबल टेनिस र फुटसल खेल आयोजना […]
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटरले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको फाइनलमा फ्रिडमले तकामी भेट्रानलाई ३–१ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । फ्रिडमका लागि ‘म्यान अफ द म्याच’ विकर्ण श्रेष्ठले २ तथा […]
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार तेस्रो हार बेहाेर्ने क्रममा बलियाे इरानसँग पराजित भएकाे छ । नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएपछि लिगमा लगातार तेस्रो हार बेहोर्न पुगेको हो । नेपालले यसअघि मंगोलिया र घरेलु टोली किर्गिस्तानसँग समान ३–१ को सेटमा […]
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सफल विकले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीमा डेब्यु गरेका छन् । सफलले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिग अन्तरगत किर्गिस्तानविरुद्ध ३–१ को सेटमा पराजित भएको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । नेपाल चौथो सेटमा १६–२४ ले पछि रहेको स्थितिमा हरि अधिकारीको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा […]
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा आज (मंगलबार) बलियो इरानसँग खेल्दैछ । नेपाल र इरानबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि शुरु हुनेछ । लगातार दोस्रो हार बेहोरेको नेपाल बलियो इरानलाई स्तब्ध पार्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । नेपाल […]
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन् । दुई खेलाडीबाहेक सबै विभागीय टोलीका हुन् । थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा […]
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् । जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकवेल्ट स्पर्धामा जिते […]
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बेसबल तथा सफ्ट बल संघको चुनावी साधारण सभाले दीपक न्यौपानेलाई निरन्तरता दिदै २० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा प्रदिपकुमार खत्री, उपाध्यक्षमा विपिन वज्राचार्य, नारायण घर्ती र सुरेन्द्र थपलिया, महासचिवमा प्रदिप शाह, सचिवमा सन्जीव फुयाल केसी र कोषाध्यक्ष उपेन्द्रविक्रम लामा रहेका छन् । तिलक ढुंगाना, रोशन थापा, […]
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगको आफ्नो दोस्रो खेलमा आज (सोमबार) बलियाे घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र किर्गिस्तानबीचको खेल विस्केकमा रहेको चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि हुनेछ । पहिलो खेलमा मंगोलियासँग ३–१ को सेटमा पराजित भएको नेपाल बलियो किर्गिस्तानलाई स्तब्ध पार्दै […]
June 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन स्नेहा राज्यलक्ष्मी राणा र सुनिता महर्जन ११औं सुटिङ ट्रेनिङ क्याम्प तथा कोचिङ कोर्समा सहभागी हुन सोमबार श्रीलंकाको कोलोम्बो जाँदैछन् । एसियाली सुटिङ महासंघको सहयोगमा श्रीलंका सुटिङ संघले आयोजनामा गर्ने कोर्स जुन २० देखि २८ तारिखसम्म हुनेछ । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।