default_image

General

October 8, 2020

पलिस्था सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् । पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो । पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । १३ वर्षीया पलिस्थाले ३० केजी तौलसमूहमा स्वर्ण […]

October 4, 2020

थकाली सेवा समितिलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक थकाली सेवा समिति अष्ट्रेलियाले पाँचौ संस्करणको तोरन्ला रनिङ भलिबल कपको उपाधि जितेको छ । अष्ट्रेलियास्थित एयुबर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा छन्त्याल परिवार अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै थकाली सेवा समितिले उपाधि जितेको हो । तिस्पर्धात्मक बनेको पहिलो सेटमा थकालीले २५–२२ को जित निकालेको थियो । दोस्रो सेट […]

October 4, 2020

खेलाडीलाई कल्याणकारी कोषबाट उपचारमा सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरेको हो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत […]

October 2, 2020

लामालाई सेकेन्ड क्लास रेफ्री लाइसेन्स

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । यो उपलब्धी हासिल गर्न विश्व तेक्वान्दो (डब्लुटी) ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ । यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्नेछ । लामाले २००८ मा बैंकक, २०१२ मा […]

September 30, 2020

सिफारिस समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– […]

September 26, 2020

ज्ञानुलाई दुवई वुमन्स ब्याडमिन्टनमा कास्यपदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटीका ज्ञानुमाया बरालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपको महिला एकलमा कास्यपदक जितेकी छिन् । युएई ब्याडमिन्टन र दुवई स्पोर्ट्स काउन्सिलको संयुक्त आयोजनामा भएको सटल टाइम दुवई वुमन्स ब्याडमिन्टन च्याम्पियनसिपमा ज्ञानुले फिलिपिन्सकी जेन्नी स्कोलरलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्यपदक जित्न […]

September 26, 2020

सागकी स्वर्णधारी देविका र पुनम सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको जुडोतर्फको स्वर्णपदक विजेताद्धय पुनम श्रेष्ठ र देविक खड्का सम्मानित भएकी छन् । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट हस्तान्तरण कार्यक्रममा पुनम र […]

September 22, 2020

विद्यालय लिग गराउने एन्फाको तयारी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर दोस्रो सातादेखि विद्यालय लिग खेलाउने तयारी थालेको छ । एन्फाले मंगलबार एक सुचना जारी गर्दै सुचना प्रकाशित भएको १५ दिनभित्र एन्फा सचिवालयमा प्रतियोगिता खेल्न इच्छुक काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकका विद्यालयहरुलाई नाम दर्ता गर्न आह्वान गरेको छ । एन्फाले विद्यालय लिगबाट खेलाडी छनोट गरी […]

September 21, 2020

अपाङ दम्पतीलाई जीसीएसको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, […]

September 20, 2020

कार्कीद्वारा पदवहाली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् । कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन् । सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, खेलकुद विकास […]

Success

Thank you for your time.