December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्ट्रोक प्यारालाइसिसका कारण गत कात्तिक पहिलो सातादेखि अस्पतालमा उपचार गराइहेका अन्तर्राष्ट्रिय भलिबल रेफ्री कुल बहादुर रानाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । गत कात्तिक ६ गते राति समस्या भएपछि उनी बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका थिए । झन्डै एक महिनाको अस्पतालको उपचारपछि उनी २५ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भएपछि फिजियोथेरापीमा भर्ना […]
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी अन्तर्गतको ‘स्पोर्टस फर अल’ कमिसनको अध्यक्षमा पुनः विष्णुगोपाल श्रेष्ठ चयन भएका छन् । नेपाल ओलम्पिक कमिटीले शुक्रबार ११ सदस्यीय समिति चयन गर्दा विष्णुगोपाल श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका हुन् । कमिसनमा बजरंग शाह, भोजराज सिटौला, धिरेन्द्र प्रधान, मुकुन्दराज शर्मा, पुजा शाही, राजन श्रेष्ठ, राजेश खड्का, राजेश श्रेष्ठ, रमेश […]
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भएको छ । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जनाएका छन् । दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो […]
December 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका धावक गोपीचन्द्र पार्की गृहनगरमा सम्मानित भएका छन् । धावक गोपीचन्द्रलाई कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरुप १५ […]
December 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार ओलम्पिक कमिटिले सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने दाबेदारी गरिरहँदा नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग सहयोग र समर्थनका लागि अनुरोध गरेको छ । नेपाल भ्रमणमा रहेका कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले बिहीबार एनओसीको सातदोबाटोस्थित कार्यालय भ्रमण गर्दै २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका […]
December 3, 2020
काठमाडौं (हाम्रो खेलकद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका महत्वपुर्ण सदस्य धन बहादुर भट्ट नेपाली सेनाको जमदार पदमा बढुवा भएका छन् । त्रिभुवन आर्मी क्लबका महत्वपुर्ण स्पाइकर समेत रहेका धन बहादुर हवल्दारबाट जमदारमा बढुवा भएका हुन् । धनलाई सेनाका प्राविधिक महासेनानी किशोर कुमार श्रेष्ठले दर्जान्ही चिन्ह प्रदान गरेका थिए । २०७२ देखि राष्ट्रिय टोलीमा नियमित […]
December 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भारतको बेंग्लोरमा डिसेम्बर ५ मा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना गरी नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ […]
December 1, 2020
काठमाडौ (हाम्रो खेलकुद) – कतार ओलम्पिक कमिटीका महासचिवसहितको प्रतिनिधि मन्डल बुधबार नेपाल आउने भएका छन् । प्रतिनिधिमन्डलको नेतृत्व गर्दै कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनई पनि बुधबार काठमाडौं आउन लागेका हुन् । कतार ओलम्पिक कमिटीका महासचिवसहितको प्रतिनिधि मन्डलको एक दिने भ्रमणलाई नेपाल ओलम्पिक कमिटीले महत्वका साथ हेरेको छ । नेपाल ओलम्पिक कमिटिले […]
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेट कुल बहादुर राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभीबी) ले राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको जानकारी पत्र पठाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए । यस्तै चन्द्र बदना राई पनि अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा हुने प्रक्रियामा रहेको […]
November 29, 2020
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरिएको हो । त्यस अवधिमा सुवासले १ राष्ट्रिय तथा ४ अन्तर्राष्ट्रिय अनलाइन […]