default_image

General

December 18, 2020

रुसलाई टोकियो ओलम्पिक र कतार विश्वकपमा प्रतिबन्ध

एजेन्सी – डोपिङ स्क्यान्डलपछि रुसले दुई वर्षसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध भोग्नुपर्ने भएको छ । यससँगै रुसी झन्डा, गान र रंग जापानमा आयोजना हुने टोकियो ओलम्पिक, कतारमा आयोजना हुने विश्वकप फुटबल २०२२ र चीनको बेइजिङमा आयोजना हुने शीतकालिन ओलम्पिकमा देखिने छैन । रसियालाई विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले चार वर्षको प्रतिबन्ध सुनाएको थियो । […]

December 16, 2020

राखेप र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो । राखेपले राज्यको लगानीमा निर्माण गरेको […]

December 13, 2020

प्रफुल र रुकेशको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले प्रथम सैनामैना खुल्ला राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिता अन्तरगतको पुरुष डबल्सतर्फको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा प्रफुल र रुकेशको जोडीले पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रफुल र रुकेशको जोडीले २१–१६ र २१–१६ […]

December 12, 2020

एसियाड आयोजना दाबीमा सहयोग गर्न नेपालसँग साउदीको लविङ

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद २०३० को आयोजना गर्ने आफ्नो देशको दाबीमा सहयोग गर्न नेपालका लागि साउदी अरेबियाका राजदुत मुसाउद अल आरवेले शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अनुरोध गरेका छन् । राजदूत मुसाउद अल आरवे २०३० को एसियाली खेलकुद आयोजनाको दाबीका विषयमा एनओसी अध्यक्षसँग छलफल गर्न शनिबार सातदोबाटोस्थित एनओसी कार्यालय पुगेका थिए । […]

December 11, 2020

प्रिन्सलाई ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार भएको फाइनलमा विश्व जुनियर वरियताको ११औं स्थानमा रहेका तथा ब्याडमिन्टन एशियाका उत्कृष्ट जुनियर खेलाडी प्रिन्सले विभागीय त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठमाथि २–० को सोझो सेटमा जित निकाल्दै […]

December 11, 2020

दशरथ रंगशालामा हुने विश्वकप छनोट खेलको मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक गरेको छ । सन् २०२० कै मार्चमा हुने तय भएको खेल कोरोना भाइरस संक्रमणका कारण अक्टोबर-नोभेम्बरलाई सारिएको थियो । तर स्थिति सुधार नहुँदा एएफसीले खेल स्थगित गरेको थियो । अब […]

December 11, 2020

सैनामैनामा ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको सैनामैनामा दुईदिने प्रथम सैनामैना राष्ट्रिय खुल्ला पुरुष डबल्स तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । सैनामैना ब्याडमिन्टन क्लबले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता शनिबार र आइतबार हुनेछ । प्रतियोगितामा विभाागीय टोली, विभिनन जिल्ला तथा क्लबका खेलाडीहरुले सहभागिता रहनेछ । प्रतियोगितामा योनेक्सको माभिस–३५० नाइलन सटलकक प्रयोग हुनेछ । […]

December 10, 2020

विधान र बिशालको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले राष्ट्रियस्तरको खुल्ला पुरुष युगल ब्याडमिन्टनको उपाधि जितेका छन् । विधान र विशालको जोडीले वाणगंगाका राजु थापा र विनोद पौडेलको जोडीलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विधान र विशालको जोडीले राजु थापा र विनोद पौडेलको जोडीलाई २१–१६ र २१–७ ले पराजित […]

December 10, 2020

एसियाड पदक विजेता युकेश र विशाल प्रतिबन्धमा

पोखरा (हाम्रो खेलकुद)– एसियाली खेलकुदका रजत पदक विजेता युकेश गुरुङ र विशाल थापासहित पोखरामा क्रियाशील ८ प्यारा पाइलटलाई व्यावसायिक उडान गर्नबाट अनिश्चित समयका लागि प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले उडानको क्रममा नियम विपरित कार्य गरेको आरोपमा उनीहरु माथि प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल एयर स्पोर्टस संघसँग नियम विपरित कार्य गने प्यारा […]

December 9, 2020

प्रिन्स क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार तथा सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको प्रि–क्वाटरफाइनलमा सेनाका गोकुल जोरालाई २१–७ र २१–९ को सोझो सेटमा पराजित गर्दै प्रिन्सले अन्तिम आठको यात्रा तय गरेका हुन् । […]

Success

Thank you for your time.