default_image

General

June 21, 2023

पब्जी टोली मकाउ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – पब्जी मोबाइलमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बुधबार मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र […]

June 21, 2023

राष्ट्रिय स्केटबोर्ड शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिताको पुरुषमा १ सय ५० पुरुष र महिलामा ४० गरी १ सय ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुनेछ […]

June 21, 2023

उसु खेलाडीलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले बुधबार बधाइ ज्ञापन गरेको छ । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदसय समेत रहेका नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलाले खेलाडीलाई उच्च मनोबलका साथ तयारीमा जुट्न आग्रह गरे । एसियाडका लागि उसुको थाउलोमा ७ र […]

June 21, 2023

ढुक्क भएर तयारीमा जुट्नुस– सदस्य–सचिव घिसिङ

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रीत हुन बताएका छन् । सातदोबाटोस्थित तेक्वान्दो, कराते र कुस्तीको बुधबार तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘तपाईहरु ढुक्क भएर तालिममा केन्द्रीत हुनुस । अन्य समस्याका बारेमा तपाईहरुले चिन्ता लिनु […]

June 21, 2023

एसियाडलाई स्क्वासबाट ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदअन्तर्गत स्क्वासबाट ६ खेलाडी छनोट भएका छन् । महिला र पुरुषमा समान ३–३ गरी ६ खेलाडी छनोट गरिएको नेपाल स्क्वास राकेट्स संघले जनाएको छ । महिलामा राष्ट्रिय च्याम्पियन बिपना ब्लोनसँगै कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट हुन सफल भइन् । पुरुषमा राष्ट्रिय च्याम्पियन अमृत थापामगरसँगै अरहन्त […]

June 20, 2023

खुला टेबल टेनिस हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता असार १४ गतेदेखि हुने भएको छ । टेबल टेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशा क्यान्सरबाट पीडित छिन् । प्रतियोगितामा पुरुष र महिला […]

June 20, 2023

संस्कृति र युलेन्सलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक संस्कृति र युलेन्सले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । संस्कृति गल्र्स तथा युलेन्स ब्वाइजमा उपाधि जित्न सफल भए । स्वयम्भूस्थित घरेलु कोर्टमा भएको गल्र्स फाइनलमा संस्कृतिले काष्ठमण्डपलाई २७–१९ ले पराजित ग¥यो । संस्कृतिको जितमा रियाना महर्जनले १३ अंक योगदान गरिन् । ब्वाइज फाइनलमा श्रृयुक्त शाहको […]

June 20, 2023

ट्रायथलन टोली जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली ट्रायथलन यु–२३ तथा जुनियर च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापानको गामागोरी प्रस्थान गर्दैछ । जुन २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष तथा १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा मौलिक महर्जनले यु–२३ तथा येजु महर्जनले जुनियरमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा […]

June 20, 2023

आयोजक कीर्तिपुर समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ८९–८० ले पराजित ग¥यो । कीर्तिपुरका आदित्य डंगोलले २६ अंक जोडे । सुरुका तीन क्वाटरमा कीर्तिपुरले क्रमशः २२–१७, […]

June 20, 2023

जय सिंगापुर जाने

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक स्पोर्ट्सअन्तर्गत मोटर स्पोर्ट्स क्याटगोरीमा सहभागी हुन जयप्रताप मास्के बुधबार सिंगापुर जाने भएका छन् । भर्चुअल प्रतियोगिता जुन २२ देखि २५ तारिखसम्म हुनेछ । उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिना, राखेपका सदस्य अन्जन धमाल र प्रकाश कुसारीले मंगलबार […]

Success

Thank you for your time.