default_image

General

January 26, 2021

नेपाल ओपनमा पार्वतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पर्वाती गुरुङले प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिताको पहिलो दिन महिला पुम्सेको १८–३० वर्षमा स्वर्ण जितेकी छन् । पार्वतीले ६.८० अंक जोडिन् । इरानकी मार्याम दोश्रो तथा इरानकी सेयेदेह र मकाउकी ला हियो तोङ तेश्रो भए । सोही स्पर्धाको पुरुषमा इरानका हेसेयम […]

futsal

January 25, 2021

‘ए’ डिभिजन लिग फुटसल पोखरामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको एन्फा फुटसल कमिटिले फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा गर्ने निर्णय गरेको छ । फुटसल कमिटिली सोमबार फुटसलको ‘ए’ डिभिजन लिग पोखरामा बैशाख २५ देखि जेठ १५ सम्म सञ्चालन गर्ने जानकारी गराएको छ । लिगमा १० टिमले प्रतिस्पर्धा गर्ने फुटसल लिग कमिटिले जनाएको छ । जसमा […]

January 24, 2021

मन्डे र आयशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको १३औं संस्करणका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य आइतबार सम्मानित भएका छन् । शान्ति फाउन्डेसन नेपालले दुवैलाई सानेपामा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी सम्मान गरे । मन्डेले एकल र टिम कातामा स्वर्ण जितेका […]

January 24, 2021

वडा नम्वर ८ र २ गजराज जोशी कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर ८ र २ टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । टोखास्थित भुतखेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा वडा नम्वर ८ ले उपाधिको बलियो दावेदार वडा नम्वर ३ लाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । निर्धारित र थप […]

January 23, 2021

झिल्टुङ क्रस कन्ट्रीमा सुमन र हुमी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुुलुङ राई र हुमी बुढामगर पाँचौ झिल्टुङ क्रस कन्ट्री दौडमा च्याम्पियन बनेका छन् । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा शनिबार भएको दौडमा राईले निर्धारित १३.४ किमि दुरी ५४ मिनेट ५५.०९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८.५० सेकेन्डमा दुरी पुरा गर्दा भने […]

January 22, 2021

म्याराथनकी स्वर्ण विजेता पुष्पा एपिएफबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले गत महिना बंगलादेशमा आयोजना भएको म्याराथनमा स्वर्णपदक जित्न सफल आफ्नो खेलाडी पुष्पा भण्डारीलाई नगदसहित सम्मानित गरेको छ । धाविका पुष्पालाई एपिएफले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार नगद १ लाख र सम्मान पत्रले सम्मानित गरेको हो । उनलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले १ […]

January 22, 2021

गजराज जोशी स्मृति कपको सेमिफाइनल समिकरण पुरा

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको सेममिफाइनल समिकरण पुरा भएको छ । शुक्रबार समूह ‘बी’ बाट वडा नम्वर २ समूह विजेता र वडा नम्वर ८ समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेपछि सेमिफाइनलको समिकरण पुरा भएको हो । यसअघि समूह ‘ए’ बाट वडा नम्वर ३ र […]

January 21, 2021

वडा नम्वर ३ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर ३ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तियागितामा बिहीबार वडा नम्वर ७ माथि ८–० को फराकिलो जित निकाल्दै वडा नम्वर ३ समूह ‘ए’ को विजेता बनेको हो । यो समूहबाट वडा नम्वर ३ ले पनि समूह […]

January 21, 2021

जितबहादुर पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरिएको छ । २८ देखि ३० डिसेम्बरसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए । युवा तथा […]

January 20, 2021

ज्ञानुबाबामा कप्तान अरुणा सम्मानित

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखराको ज्ञानुबाबा माध्यमिक विद्यालयमा सम्मानित भएकी छन् । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा ‘टिम अफ दि इयर’ की कप्तान अरुणालाई अवार्डको अर्काे लोकप्रिय विधा पिपल्स च्वाइस विधामा विजेता बन्न सफल भएकोमा सम्मानित गरेको हो । गत पुस २८ गते भएको अवार्ड कार्यक्रममा अरुणाले करातेका […]

Success

Thank you for your time.