January 31, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली पुरुषका कप्तान इम राना र महिलाकी प्रभावशाली खेलाडी प्रतिभा माली मनोरञ्जन शर्मा अवार्डबाट सम्मानित भएका छन् । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माको नाममा स्थापना भएको अवार्डको तेस्रो संस्करणबाट आइतबार इम र प्रतिभालाई सम्मान गरिएको हो । गत वर्षको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिएको […]
January 30, 2021
चितवन (हाम्रो खेलकुद) – सहारा सुपर मार्केट सौराहा चोकले याम बहादुर पुन स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सिमलटाँडी चितवनमा शनिबार भएको फाइनलमा मणि मुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गर्दै सहाराले उपाधि जितेको हो । सहाराले सुरुवाती सेट २२–२५ ले गुमाएपनि त्यसपछिको बाँकी तीन सेट २५–२२, २५–२१ र २५–१९ […]
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किट सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा समान ३२ पुरुष/महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । त्यसका लागि छनोट चरणका खेलहरु शनिबारदेखि सुरु भएको छ । खेलाडीले हासिल गरेको अंकका […]
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६१९ अंक जोडेकी छन् । उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी थिए । एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१.३ अंक […]
January 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर २ ले टोखा नगरपालिका अन्तर वडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको फाइनलमा वडा नम्वर ८ माथि ३–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । वडा नम्वर २ को जितमा दिनेश डंगोलले २ तथा सरोज श्रेष्ठले एक गोल […]
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुम्सेतर्फ पुरुष यू–४० ब्ल्याकवेल्टमा बुधबार स्वर्ण जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले ७.२९ अंक जोडे । नेपालकै रेजिन लामा दोश्रो तथा नोर्बु मोक्तान र सन्जिवकुमार ओझा तेश्रो भए । पुरुष ग्रिन वेल्टमा नेपालका प्रद्युट दिवान, पुरुष रेड […]
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली सुटिङ महासंघको तत्वावधान तथा कुवेत सुटिङ संघको आयोजनामा शुक्रबारदेखि सुरु हुने प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता नेपालबाट ११ खेलाडीले सहभागिता जनाउने नेपाल सुटिङ संघले जनाएको छ । संघका अध्यक्ष पुष्पदास श्रेष्ठका अनुसार प्रतियोगितामा ६ पुरुष र ५ महिला खेलाडी छन् । व्यक्तिगततर्फ १० मिटर एयर राइफल र एयर पेस्तोलमा प्रतिस्पर्धा […]
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ । बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । कलिलो उमेरदेखि ब्याडमिन्टन ¥याकेटमार्फत बिश्व ब्याडमिन्टन महासंघको यु–१९ तर्फको […]
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाँके नेपालगन्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतको उत्तर प्रदेश (बहरइच) मा भएको प्रथम राना आगम सिंह स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फको उपाधि जितेको छ । यो दाजुभाईको जोडीले इलाहवादका अमरेन्द्र प्रताप सिंह र रवि मिश्रको जोडीलाई २१–१९ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । […]
January 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा जिम्न्याष्टिक एकेडेमीको मंगलबार उद्घाटन गरिएको छ । २०७२ सालको भूकम्पले जीर्ण भएको पहिलेको जिम्न्याष्टिक हललाई भत्काएर पुनः सोही स्थानमा बनाइएको अर्को जिम्न्याष्टिक हल निर्माण गरिएको थियो । त्यही हललाई नेपाल जिम्न्याष्टिक संघले एकेडेमीका रुपमा सञ्चालन गर्न लागेको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एकेडेमीको […]