February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिलाषा विष्टले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धि खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । अभिलाषाले गत शनिबार सम्पन्न सर्किट १ को महिला डबल्समा जर्मनीकी सोन्जोसंग मिलेर […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राजन गुरुङले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा सोमबार सफलता पाएका छन् । बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगितामा राजनले प्रभास मगरलाई ३–२ ले पराजित गरे । बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजन लामाले कमल लामालाई ३–२ ले पराजित गरे । नरेश कर्माचार्यले […]
February 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प शिविर सम्पन्न भएको छ । स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको १ महिने शिविरमा १४ जनाको सहभागिता रहेको थियो । सहभागीलाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे । सोही अवसरमा काठमाडौं […]
February 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी आर्यन रन्जितलाई आरके इन्टरटेन्टमेन्ट ग्रुपले सम्मान गरेको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा खेलकुद क्षेत्रबाट आर्यनलाई सम्मान गरिएको नेपाल सोरिनरियो कराते संघका प्रमुख प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको गौरव बढाएको र वल्र्ड बुक आफ रेकर्ड, लन्डनमा नाम […]
February 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रवीण लामा र सञ्जय वज्राचार्य प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार विजयी भएका छन् । प्रवीणले सुजन मगरलाई ३–२ तथा सञ्जयले सन्देश रुम्बालाई ३–१ को फ्रेमा पराजित गरे । वाङछु तामाङले अनिल गिरीलाई ३–० तथा सुरेश लामाले छेङगा लामालाई ३–० ले हराए । प्रतियोगिता पुरस्कार राशी र खेलाडी […]
February 6, 2021
पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखराको आयोजनामा आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ चार टिमको सहभागिता रहने शनिबार आयोजित अन्तिम पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो । ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले ग्रुपमा अधिकांश भलिबलसँग सम्बन्धित पदाधिकारी […]
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मार्तेले आफ्नै राष्ट्रकी रोमाने लोङग्युभिल्लेलाई सीधा सेटमा ६–० र ६–३ […]
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वसचिव अर्जुन कार्कीले एनसेल बाह्रखरी गल्फको उपाधि जितेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ […]
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुनसरी धरानका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन भएका छन् । किरणले निर्धारित २.५ किमि दौड, १० किमि साईक्लिङ र १.३ किमि दौडको दुरी ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन भएका हुन् । लिम्बुले पुरा गरेको समय तेश्रो संस्करणसम्मको सवै भन्दा छिटो हो । पहिलो संस्करणमा सुरेश […]
February 6, 2021
नुवाकोट (हाम्रो खेलकुद) – तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा र पौडीकी गौरिका सिंह दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् । त्यसैगरी प्रशिक्षक तर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् । नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले विजेता खेलाडीहरुलाई […]