February 11, 2021
पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्य डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएपनि विभागीय नेपाल पुलिस क्लब प्रथम आमन्त्रण टाइगर कप खुल्ला भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा पुलिस डायमन्डसँग ३–१ को सेटमा पराजित भएको थियो । पुलिसको तीन खेलमा ६ अंक रहेको छ । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा डायमन्डले […]
February 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अभिलाषाले भारतकी मिली चुगलाई ६–१ र ६–१ ले सहजै पराजित गरिन् । सातदाबाटोस्थित टेनिस कोर्टमा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले पुरुष डबल्समा विजयी […]
February 10, 2021
चितवन (हाम्रो खेलकुद) – एनआरएन दुवईका शाहिल चन्द चितवनमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्न सफल भएका छन् । चन्दले छात्र यु–१७ तर्फ गुल्मीका मनोज पोदारलाई २१–१३ र २१–१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दले […]
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । रेस डाइरेक्टर सुशिलनरसिंह राणाले प्रतियोगितामा ४–५ सय खेलाडीको सहभागिता रहने […]
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश १ को विराटनगरमा मंगलबारदेखि सुरु भएको छ । र्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।कार्यक्रममा प्रदेश १ का १६ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय ३० जनाको सहभागिता रहेको छ […]
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला डबल्समा मंगलबार जित हात पारेका छन् । महिला डबल्समा नेपालका उक्त जोडीले भारतका कृष्टि बोरो र लक्ष्मी गौदको जोडीलाई ३–६, ६–३ (१०–६) को सेटमा हराए । त्यसै स्पर्धामा सर्किट १ विजेता नेपालकी अभिलाषा विष्ट […]
February 8, 2021
बुटवल (हाम्रो खेलकुद) – भैरव एफसी नवलपरासी रुपन्देहीको सैनामैना जारी तेस्रो मेयरकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा भैरब एफसी नवलपरासीले चापाकोट युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । सैनामैना नगरको आयोजना तथा जनप्रिय स्पोर्टिङ युवा क्लबको व्यवस्थापनमा स्थानीय सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा भैरब […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ । यही मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ । संघका अनुसार एसियाली छनोटका खेल आगामी मे […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ । सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री तामाङलाई बधाइ तथा शुभकामना दिइएको हो । संघका उपाध्यक्ष भरत महर्जनले सफल कार्यकालको शुभकामना दिँदै बधाइ ज्ञापन गरेका थिए । उनले संघको तर्फबाट मन्त्री तामाङलाई […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले ललितपुर जिल्ला तेक्वान्दो संघलाई म्याट सहयोग स्वरुप प्रदान गरेको छ । आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कारलगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको व्यञ्जनकारले जनाएका छन् । विगतमा पनि […]