default_image

General

February 15, 2021

होङ्वान्जी न्यु डायमन्ड महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

बुटवल (हाम्रो खेलकुद) – होङ्वान्जी न्यु डायमन्ड एकेडेमी, एभरेस्ट स्कुल, न्यु होराइजन स्पोर्ट्स क्लब र कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल कपिलवस्तुमा जारी प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । वाणगंगा नगरपालिका वडा नम्वर २ पिपरास्थित हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको कोर्टमा सोमबार भएको क्वाटरफाइनलमा काठमाडौं चन्द्रागिरीस्थित पुरानो नैकापको न्यु डायमन्ड एकेडेमीले कुँवरवर्ती इंग्लिस बोर्डिङ […]

February 13, 2021

टाइगर कप भलिबलः आर्मी र गण्डकी उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र स्थानिय टोली गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । फाइनल खेल दिउँसो २ बजेपछि पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै स्थानिय टोली गण्डकी प्रदेश विभागी टोलीको […]

February 13, 2021

पुलिस र एपिएफ उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि आज शनिबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो १२ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै पुलिस वर्षको पहिलो उपाधि जित्ने दाउमा हुनेछ […]

February 12, 2021

रत्नजित फेरि पराजित

चितवन –हाम्रो खेलकुद) – शीर्ष वरियताका रत्नजित तामाङ चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यपाी खुला ब्याडमिन्टन प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा शुक्रबार भएको पुरुष एकलको प्रि क्वाटरफाईनल त्रिभुवन आर्मी क्लबका रत्नजित आफ्नै क्लबका हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीको प्रशिक्षणका क्रममा खुट्टामा चोट लोगेका रत्नजित २१–१६, १३ –२१, १२ –२१ […]

February 12, 2021

फाइनल पुग्न डायमन्ड र एपिएफ भिड्दै

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनल पुग्न राउन्ड रोविन लिगको अन्तिम खेलमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुदैछ । डायमन्ड अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनल पुग्ने दाउमा हनेछ । डायमन्डले दुई […]

February 11, 2021

सफल पोखरा म्याराथनको तयारी पुरा

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपाल जनाएको छ । पोखरास्थित नेपाल पयर्टन बोर्डमामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले शनिबार हुने १५औं सस्ंकरणको तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्ने पोखरा म्याराथनमा पहिलोपटक महिला हाफ म्याराथन पनि समावेश गरिएको मञ्चले यसअघि […]

February 11, 2021

वीरगञ्जमा खेलकुद अभिमुखीकरण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश २ को वीरगन्जमा बिहीबारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।दुईदिने कार्यक्रममा प्रदेश २ का ८ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय १० […]

February 11, 2021

मन्दे प्रहरी सहायक निरिक्षकमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरिक्षकमा बढुवा भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले महाराजगन्जको ६५औं वार्षिकोत्सवको अवसरमा उनलाई सहायक निरिक्षकमा बढुवा गरेको हो । उनलाई प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गरे ।

February 11, 2021

साइना सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भारतकी साइना देशपाण्डे आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे […]

February 11, 2021

रत्नजित र प्रिन्स प्रि–क्वाटरफाइनलमा

चितवन (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४ र २१–१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१–५ र २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् […]

Success

Thank you for your time.