default_image

General

March 10, 2021

रिङ रेस्लिङ चैत तेस्रो साता पोखरामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रेस्लिङ संघको आयोजनामा सर्वाधिक नगद पुरस्कारको रेस्लिङ (आरडब्लु) च्याम्पियनशिप हुने भएको छ । पर्यटकिय नगरि पोखरा रंगशालाको कभर्डहलमा चैत्र २० गते देखि हुने दुईदिने प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्की सदस्य सुवर्ण श्रेष्ठले च्याम्पियन रेस्लरले सर्वाधिक १ लाख नगद र आर्कषक बेल्ड […]

March 10, 2021

राष्ट्रिय पेन्केक सिलात शुरु

काठमाडौं (हाम्रो खेलकुद) – बर्दिया जिल्ला पेन्केक सिलात संघको आयोजनामा प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिता बुधबारदेखि बारा बर्दिया नगरपालिकाको धरमपुरमा सुरु भएको छ । पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो । बिहीबारदेखि प्रतिस्पर्धा सुरु हुने पेन्केक सिलातका मुख्य प्रशिक्षक दोर्जे लामाले जनाएका छन् । प्रतियोगिताको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद […]

March 9, 2021

पार्कर दिनेशको नाममा पाँचौं विश्व रेकर्ड

काठमाडौं (हाम्रो खेलकुद) – पार्कर दिनेश सुनारले पाँचौंपटक विश्व रेकर्ड कायम राख्न सफल भएका छन् । सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा अमेरिकाको ओहिया आक्रोनमा आयोजित पार्करकै अर्काे विधा द मस्ट स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डमा उनले नयाँ कीर्तिमान बनाएका हुन् । पाँचौंपटक विश्व रेकर्ड राख्ने क्रममा उनले द मस्ट स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक […]

March 9, 2021

एपिएफ र पुलिस उपाधिका लागि भिड्दै

नेपालगन्ज (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज (मंगलबार) भिड्दैछन् । सोमबार नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको आ–आफ्नो खेलमा सफलता हात पारेपछि यि दुई टोलीबीच उपाधि भिडन्त तय भएको हो । जारी प्रतियोगितामा पुलिस र एपिएफ अपराजित छ […]

March 8, 2021

भेट्रान फुटबल सुरु

काठमाडौं (हाम्रो खेलकुद) – बगर भाइ खलकको आयोजनामा सोमबारदेखि चौथो रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइखलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । पुरानो टुँडीखेल मैदानमा भएको उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी सुरुरुवात गरेको छ । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश सदस्य मोहन रेग्मीले पोखराको टुँडी खेल मैदानको विकासका लागि […]

March 8, 2021

सागर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रका सागर विष्ट स्व. प्रेमकला श्रेष्ठ स्मृति कप पन्ध्रौं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट तौलसमूह प्रतियोगितामा पहिलो भएका छन् । बसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूह फाइनलमा सागरले मकवानपुरका सविन थापालाई पराजित गरे । पुरुष ३० केजीमा कञ्चनपुरका जितेन्द्र विष्ट, ३५ केजीमा कन्चनपुरकै विकास महरा, ४० केजीमा थानकोटका सन्तोष तामाङ, ४५ […]

March 8, 2021

साइनिङलाई कबड्डी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि सोमबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा साइनिङले चमतिलाई ३५–१६ ले पराजित ग¥यो । उपाधिसंगै साइनिङले १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो भने चमतिले १० हजार नगद पुरस्कार हात पा¥यो । अखिल नेपाल कबड्डी संघद्वारा १११औं अन्तर्राष्ट्रिय […]

March 8, 2021

अर्किड च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काँडाघारीस्थित अर्किड स्कुल तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित ग¥यो । पेनाल्टीमा अर्किडबाट दिलकुमार तामाङ, उमेश कट्वाल, संगम कार्की, सरोज तामाङ र बसन्त ढकालले गोल गरे । निर्धारित समयको खेल […]

March 8, 2021

नेपाल आर्मी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीले प्रदेश २ स्तरीय पुरुष टग अफ वार प्रतियोगिताको उपाधि जितेको । नेपाल टग अफ वार संघ, प्रदेश २ समितिद्वारा आयोजित प्रतियोगिता एपीएफ दोश्रो भयो । हरिवन नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगितामा आर्मीले ३० हजार र एपीएफले २० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, बरहठवा नगरपालिका, […]

March 8, 2021

प्रधानमन्त्री कप भलिबलः पुलिसलाई आर्मीको चुनौती

नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले सातौ संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको तेस्रो खेलमा आज (सोमबार) विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको उक्त खेल नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । अपराजित रहेको पुलिस आर्मीलाई हराउदै उपाधि सम्भावनालाई […]

Success

Thank you for your time.