March 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छिन् । रियो ओलम्पिक २०१६ की सबैभन्दा कान्छी खेलाडी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि गौरिकाले पौडी […]
March 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो । […]
March 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । […]
March 29, 2021
पोखरा (हाम्रो खेलकुद) – आगमी बैशाखमा आयोजना हुने पोखरा स्पोर्ट्स अवार्डको चार विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पत्रकार सम्मेलनमार्फत चार विधा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाको उत्कृष्ट तीन सार्वजनिक गरेको हो । वर्ष खेलाडी पुरुषको मनोनयनमा कराँतेका नवीन […]
March 28, 2021
एजेन्सी – भारतले तेस्रो खेलमा इंग्ल्यान्डमाथि ७ रनको रोमान्चक जित निकाल्दै तीन ओडिआई सिरिज २–१ ले जितेको छ । आइतबार राती सम्पन्न तेस्रो ओडिआई खेलमा भारतले इंग्ल्यान्डमाथि रोमान्चक जित निकाल्दै सिरिज जितेको हो । जितको लागि ३ सय ३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २२ रन बनायो […]
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – करातेका दीपक श्रेष्ठ, मन्देकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच […]
March 27, 2021
सुर्खेत (हाम्रो खेलकुद) – आयोजक चुली युवा क्लबका घनश्याम चौधरी कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । आयोजक चुलीलाई च्याम्पियन बनाउन घनश्यामले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १५ हजार रुपैयाँ हात पारे । व्यक्तिगत विधातर्फ ललित विक उत्कृष्ट स्पाइकर चुनिए । चुलीका सुजन चोखाल उत्कृष्ट सेटर, […]
March 27, 2021
सुर्खेत (हाम्रो खेलकुद) – आयोजक चुली युवा क्लब सुर्खेतले कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सुर्खेत विरेन्द्रनगरमा शनिबार भएको फाइनलमा आयोजक चुलीले रुकुम जिल्ला भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । एकपक्षीय खेलमा चुलीले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो […]
March 27, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १० किलो मिटर दौडको उपाधि तीर्थ पुन र एपिएफ क्लबकी फूलमती रानाले जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा पुरुषतर्फ भारतिय सेनामा कार्यरत तीर्थले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि जिते । नेपाली सेनाका जितेन्द्र दनुवार […]
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कैलाली जिल्लाका पुर्व ब्याडमिन्टन खेलाडीहरुले ब्याडमिन्टन खेलको बिकासका लागि जिल्लाका खेलाडीहरुको लागि खेल सामग्री उपलब्ध गराएका छन् । कैलालीका ब्याडमिन्टनका पुर्व खेलाडी तथा नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य ऋषिकेश श्रेष्ठ यस जिल्लाका खेलाडीहरुको लागि ४० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री उपलब्ध गराएका हुन् । यस्तै संघका केन्द्रिय सदस्य सुनिल श्रेष्ठले ५ […]