April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ । स्पिन इभेन्ट प्रालिको आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको देशव्यापी अन्तर वडा खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेर वडाको गौरव बढाएको भन्दै अमरलाई सम्मान गरिएको हो । अमर सोही वडा निवासी […]
April 10, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजे वानखडे स्टेडियम मुम्बईमा सुरु हुने छ । दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । चेन्नईको कप्तानी भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी […]
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि अधिकारी कम्तीमा पनि दुई महिना कोर्ट बाहिर रहने भएका छन् । पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको लिग चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिससँगको खेल दौरान उनी घाइते भएका थिए । […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ह्याप्पी योङ युथ क्लब बाग्लुङको आयोजनामा काठमाडौं नयाँ बसपार्कमा बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष २ ‘ए’ साइड भलिबल प्रतियोगिता शुरु भएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा आरसीबीबाट प्रतिनिधित्व गरेका विजय थापा र टेकराज अवस्थीको जोडीले विजयी शुरुवात गरेका छन् । विजय र टंकको जोडीले […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार पोल्यान्डको किल्सी प्रस्थान गरेका छन् । अप्रिल १३ देखि २३ तारिखसम्म हुने प्रतियोगिताको ४८ केजीमा सुस्मा तामाङ तथा ५४ केजीमा सुमिना खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका […]
April 9, 2021
काठमाडौ (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानले चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ४ स्वर्ण जितेको छ । पुरुष ५८ केजीमा शिव श्रेष्ठ र ३० केजीमा किरण तामाङ तथा महिला १९ केजीमा कृपा गौतम र ३० केजीमा रोजिना तामाङले आयोजकलाई स्वर्ण दिलाए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा हुने रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा भएको भएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार हुँदैछ । प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी जम्मा १ सय १ खेलाडीको सहभागिता रहने छ । शुक्रबार खेलाडीको वजन लिनुका साथै […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका मंगलप्रसाद थारु र मुवाँथाईका अब्राहम राइ वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा रजत जितेका मंगलले आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे । सोही स्पर्धामा बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका […]
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करणको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टोलीमा दक्षिण अफ्रिका २० वर्षिय देब्रे हाते तीव्र गतिका बलिङ अलराउन्डर मार्को जानसेन र […]
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । सम्पूर्ण फ्रेन्चाइज टोलीले आफ्नो तयारी पूरा गरेका छन् । फ्रेन्चाइज टोलीका लगभग सबै खेलाडी जोडि सकेका छन् । अघिल्लो सिजन संयुक्त अरव इमिरेट्स (यूएई) मा भएको थियो । कोरोना महामारीको कारण भारतमा २०१९ पछि आइपिएल हुँदै छ । आइपिएल विश्व […]