June 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फाईट अगेन्स कोभिड भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ । पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई जनही ४–४ हजार र पौष्टिक आहारको प्याकेजसहित […]
June 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्वान मुकान कराँते डो संघको संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा निषेधाज्ञाका कारण असहज स्थितिमा रहेका विभिन्न खेलमा आबद्ध खेलाडी र उनको परिवारसँगै दैनिक ज्याला मजदुरी गर्ने र अशक्त परिवारलाई रासनसँगै औषधी उपचारको लागि केही आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल क्वान मुकान कराँते डो संघको केन्द्रिय कार्यालय […]
June 12, 2021
एजेन्सी – तेस्रो वरियताका राफयल नाडाललाई पराजित गर्दै शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएको छ । पेरिसमा शुक्रबार राति भएको खेलमा जोकोभिचले साविक विजेता नाडाललाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाएको हो । ४ घन्टा ११ मिनेट लामोसमयसम्म चलेको सेमिफाइनलमा जोकोभिचले सुरुवाती सेट ३–६ ले गुमाएपनि […]
June 10, 2021
एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच र तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमै भिड्ने भएका छन् । शीर्ष वरियताका जोकोभिचले इटालियन माटियो बेरारटिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडालसँगको भेट पक्का गरेको हो । यि दुई टोलीले गत वर्ष फाइनल खेल्दा नाडाल च्याम्पियन बनेको थियो । पेरिसमा बुधबार राति भएको खेलमा […]
June 8, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कोरोनाको दोस्रो लहरका कारण कठिनाईमा परेका टेकुस्थित विष्णुदेवी डोजोडको खेलाडीलाई खाद्यान्न सहयोग गरिएको छ । जनता टेलिभिजनको सहकार्यमा मधेशी महिला समाजकी अध्यक्ष रिना साह, लायन्स क्लब अफ् काठमाडौं कपलकी कोषाध्यक्ष अञ्जली शाह, उज्यालो नेपालकी अध्यक्ष रमा कोइराला र लायन्स क्लब अफ स्वर्गद्ववारीको सहयोगमा डोजोका १२ खेलाडी खेलाडीलाई मंगलबार खाद्यान्न सहगोग गरिएको हो […]
June 8, 2021
एजेन्सी – तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरियता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा शुरुवातमा २–० को अग्रता लिएपनि नाडाल ४–२ ले पछि परेको थियो । तर […]
June 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । ‘जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको छ । त्यहाँको […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियन च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण स्थगित भएको छ । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले नेपाली टोलीको प्रशिक्षण जेठ महिनाभरको लागि स्थगित गरिएको र असार १ बाट प्रशिक्षण शुरु गरिने हाम्रो खेलकुदलाई जानकारी गराए । राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा परेका १५ भन्दा बढी […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भएपछि असहज परिस्थितीमा रहेकालाई दुलाल दम्पतिले खाद्य सामग्री प्रदान गरेका छन् । गरिब दुखी तथा असहायहरुका लागि सामाजिक दायित्वलाई महसुस गर्दै सहयोगीको रुपमा विभिन्न खेलकुद क्षेत्रका नेतृत्वहरु पनि अगाडी बढिरहेकाको अवस्थामा अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, पूर्व खेलाडी एवम् एपिएफका टेबल […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङका पूर्व खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन श्रद्धाञ्जली व्यक्त गरेको छ । संघका महासचिव सविन भट्टाचार्यले विज्ञप्ती जारी गरी कोरोनासँग लामो लडाई लडेका केसीको बिहिबार निधन भएको उल्लेख छ । केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजतपदक तथा भारतको […]