default_image

General

June 23, 2021

जर्मनीलाई हंगेरीको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह ‘एफ’ को अन्तिम चरणको खेलमा आज राति जर्मनीले हंगेरी तथा पोर्चुगलले फ्रान्ससँग खेल्दैछ । जर्मनी र हंगेरीबीचको खेल एलिएन्ज एरिना म्युनिख जर्मनीमा तथा पोर्चुगल र फ्रान्सबीचको खेल पुस्कास एरिना बुढापेस्ट हंगेरीमा हुनेछ । दुवै खेल एकै समय अर्थात नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । ग्रुप अफ डेथ मानिएको यो […]

June 23, 2021

रञ्जितलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पोखरा (हाम्रो खेलकुद) – पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ । पोखरा–३ नदीपुर निवासी ६८ वर्षीय रञ्जित पोखराको फुटबल विकासमा अतुलनीय योगदान छ । अवार्ड वापत उनलाई अवार्डसहित ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिनेछ । प्रतिभा छनोटका लागि गठित समितिले उनको नाम […]

June 22, 2021

उसु महासंघद्वारा राहत वितरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका काठमाडांै उपत्यकाका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् । महासंघले मनमैजु, जावलाखेल र बौद्धमा राहत वितरण गरेको हो । खेलाडीहरुलाई राहत सामग्री […]

June 22, 2021

पोखरा स्पोर्टस् अवार्ड भर्चुअलबाटै

पोखरा (हाम्रो खेलकुद) – ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६-०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन (जुलाई […]

June 22, 2021

पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो । ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो […]

June 21, 2021

महिला भलिबललाई हेल्प नेपालको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – आगामी भदौ दोस्रो सातादेखि फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि तयारी गरिरहेको महिला भलिबल टोलीलाई एनभिए लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबको सक्रियतामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । हेल्प नेपालले महिला भलिबल टोलीको प्रशिक्षण शुरु हुनुभन्दा अघिदेखि प्रशिक्षणमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको क्लबका अध्यक्ष वासु […]

June 20, 2021

‘ओलम्पिक डे’को उपलक्ष्यमा एकै दिन १३ कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद) – आधुनिक ओलम्पिकको स्थापना दिवस ओलम्पिक डेको उपलक्ष्यमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को स्पोर्टस् फर अल कमिसनको संयोजनमा दोस्रो दिन आइतबार विविध कार्यक्रम १३ कार्यक्रम आयोजना भएका छन् । नेपाल जुडो संघको आयोजनामा आइतबार बाँकेमा जुडो र करातेको प्रदर्शनी खेल आयोजना भएको थियो । नेपाल जुडो संघको आयोजनामा आइतबार बाँकेमा जुडो र […]

June 20, 2021

एनआरएनए स्पोर्ट्स एकेडेमीद्धारा खेलकर्मीलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासिय नेपाली संघको एनआरएनए स्पोर्ट्स एकेडेमीले समस्यामा परेका खेलकर्मी तथा खेलाडीलाई खाद्य सामग्री सहयोग गरेको छ । प्रवासी नेपाली खेलाडी र खेल प्रेमीहरुको खेलकुद निकाय, यस गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले नेपालमा फैलिरहेको कोरोना महामारीको दोस्रो लहर र महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको कारण समस्यामा परेका काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने […]

June 20, 2021

दुवईमा सम्पन्न बिच एयर ब्याडमिन्टनमा नेपाली समुदाय दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) ले संयुक्त अरब इमिरेट्स (युएइ)) स्थित दुवईमा सम्पन्न बिच एयर ब्याडमिन्टन कम्युनिटी प्रतियोगितामा दोस्रो स्थान हात पारेको छ । दुवईस्थित जुमिरहामा रहेको बिच भलिबल कोर्टसँगैको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल बलियो श्रीलंकाको कम्युनिटी (समुदाय) सँग समग्रमा १००–६१ ले पराजित हुदै दोस्रो स्थान हासिल गरेको हो । विश्व […]

June 19, 2021

ओलम्पिक डे ५ दिनसम्म मनाइने

काठमाडौं (हाम्रो खेलकुद) – आधुनिक ओलम्पिक गतिविधिको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिकसँग आवद्ध विश्वभरिका राष्ट्रहरुले विविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आज (शनिबार) बाट ५ दिन मनाईने भएको छ । नेपालमा मनाइने ओलम्पिक डे कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।मन्त्री मियाले नेपाल ओलम्पिक कमिटी […]

Success

Thank you for your time.