August 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो […]
August 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लब समूह विजेता बन्दै दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी समूह ‘ए’ को विजेता तथा एपिएफ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो । दुवै टोली समूहमा अपराजित रह्यो । समूह ‘ए’ बाट आयोजक किङ्स क्लब […]
August 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– गण्डकीमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद आयोजनामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १० महिना भन्दा लामो समयपछि हिसाब सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय […]
August 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । दक्षिण कोरियामा भएको उक्त प्रतियोगितामा नन्दाले इरानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । उक्त स्पर्धामा मात्र दुई खेलाडी सहभागी थिए । उनले सिनियर विधाको ब्याक किक स्पर्धामा खेलेकी थिइन् । नन्दालाई राष्ट्रिय […]
August 8, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ । दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा.ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन […]
August 8, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ २२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए । सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ । सान्डा र प्यार्टनमा उत्कृष्ट […]
August 7, 2023
ठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेन तेक्वान्दो एकेडेमीका दुई खेलाडीले पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा साउन १९ र २० गते भएको च्याम्पियनसिपमा न्यूजेन सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका हुन् । सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ को ब्ल्याक […]
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ । तियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता प्रदान गरिसकेको छ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो । […]
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदैछ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन् । दुवै १९औं एसियाली खेलकुदका लागि छनोट भएका […]
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । साउन २३ बाट २७ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक किङ्स क्लब काठमाडौंले जनाएको छ । २० साउनसम्म दर्ता समयको अवधि रहेपनि प्रतियोगितामा ८ टोलीको सहभागिता रहने पक्का भएको क्लबका महासचिव लक्ष्मण काप्रीले जानकारी […]