default_image

General

September 10, 2023

लामाचौर कप भलिबल यसै साता सुरु हुँदै

पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा यसै साता सुरु हुने २५ औं लामाचौर तीज महोत्सवको मुख्य आकर्षणको रुपमा लामाचौर कप महिला तथा पुरष भलिबल प्रतियोगिता हुने भएको छ । संस्थाको २७ औं वार्षिकोत्सवमा हुने प्रतियोगिता ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको मैदानमा हुनेछ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका […]

September 8, 2023

प्रशिक्षक हान नेपाल आइपुगे

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका डच प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन उनी शुक्रबार नेपाल आइपुगेका हुन् । उनलाई प्रशिक्षक जगदिश प्रसाद भट्ट र रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रशिक्षक एविङको प्रशिक्षणमा नेपालले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद र श्रीलंकामा […]

September 1, 2023

जुनियर च्याम्पियनसिप खेल्ने पौडी टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमि च्याम्पियनसिप २०२३ मा सहभागी हुने नेपाली पौडी टोलीलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाई गरेका हुन् । टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने […]

September 1, 2023

अन्तर विद्यालय टेबल टेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) को आयोजनामा अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता शुक्रबार हुने भएको छ । सेन्ट लरेन्स स्कुलको प्रायोजनमा हुने प्रतियोगितामा ब्वाइज र गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने रेफ्री संयोजक नवीन सिंहले जनाएका छन् । विभिन्न १० विद्यालयबाट ब्वाइज र गल्र्समा समान १०–१० खेलाडीको सहभागिता रहने सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जनले जानकारी […]

August 29, 2023

अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपाली राष्ट्रिय कराते खेलाडीहरुले त्यहाँ भएकाे राष्ट्रिय कराते च्याम्पियनसिपका विभिन्न विधामा ५ पदक हात पार्न सफल भएका छन् । अष्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल […]

August 17, 2023

वैद्यको संयोजकत्वमा टेबटेनिस संघको तदर्थ समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवंम कार्यकारी निर्देशक समेत रहेका वैद्य यसअघि संघको अध्यक्ष थिए । ३३ सदस्यीय तदर्थ समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेको राखेपले जनाएको छ । कार्यकाल […]

August 17, 2023

दक्षिण एसियाली ब्याडमिन्टन भोली सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिप यू १५ र यू १७ शुक्रबार सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाले पहिलो पटक यो च्याम्पियनसिप नेपाललाई आयोजना गर्ने मौका दिएको संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार यू १५ मा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स […]

August 14, 2023

आयोजक किङ्स क्लबलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । किङ्सले पहिलो सेट २५–२३ ले सहजै जित्दा […]

August 12, 2023

एपिएफलाई हराउँदै किङ्स क्लब फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबमाथि सोझो सेटमा जित निकाल्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको सेमिफाइनलमा एपिएफलाई २५–१८, २५–२२ र २६–२४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा विभागीय नेपाल पुलिस क्लबसँगको भेट […]

August 12, 2023

अरहान्त र कृष्णालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । अरहान्त पुरुष एकलमा तथा कृष्णा महिला एकलमा च्याम्पियन बनेकी हुन् । गत वर्ष पनि यि दुई नै च्याम्पिउन बनेका थिए ।ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले दिपक थापालाई ११–६, […]

Success

Thank you for your time.