May 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेश्रो भए । चन्द्रमाले महिला १ सय मिटर दौडमा शीर्ष […]
May 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीसम्मिलित दिबेही सिफान्जी क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा लगातार दोस्रो हार बेहोरेको छ । माल्दिभ्सको मालेमा सोमबार राति भएको खेलमा दिबेही सिफान्जी भलिबल युथ न्यु जेनेरेसन क्लबसँग ३–० को सोझो सेट पराजित भएको हो । एकपक्षीय खेलमा दिबेहीले न्यु जेनेरेसनसँग २५–१९, २५–१४ […]
May 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड र्याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो । त्यसमध्ये अशोक पनि उत्कृष्टमा परेका हुन् । अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा […]
May 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स प्रस्थान गरेकी छिन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी प्रशिक्षणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । अरुणालाई नेपाल भलिबल संघको केन्द्रिय सदस्य राज कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तथा टाइगर ग्रुप अप पोखरा नेपालको […]
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कांस्य जित्यो । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भुटान दोश्रो भयो । १ स्वर्ण, […]
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रशान्त श्रेष्ठले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुष ४०–५० केजीमा प्रशान्तले श्रीजुलाल श्रेष्ठलाई पराजित गरे । बानेश्वरमा भएको प्रतियोगिताको बहिरातर्फ नै पुरुष ५०–६० केजीमा ऋषिमनि […]
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ । इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते । भुपेन्द्र गुरुङले […]
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान टाइगरले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा भएको फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२–२२ ले सहजै पराजित ग¥यो । ज्ञान टाइगरका धनराज सरु मगरले सर्वाधिक २० अंक जोडे । धनराज नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । पहिलो क्वाटरमा […]
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । १५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे । ‘कुनै पनि समाज, नगर र देशको विकासमा […]
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीर्थबहादुर तामाङ र पुर्णिमाया राईले १७औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाईको म्याराथनमा तामाङले ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डको टाइमिङका साथ उपाधिमा कव्जा जमाएका […]