default_image

General

June 4, 2022

गोपीचन्द्र र राजपुरालाई कान्तिपुर हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ […]

June 3, 2022

फेन्सिङ खेलबारे पत्रकारलाई प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा एकदिने फेन्सिङ खेलबारेको प्रशिक्षण सम्पन्न भएको छ । एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ अन्तर्गत यसपटक शुक्रबार फेन्सिङ खेलसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा आयोजित प्रशिक्षणमा कुल ३० खेलपत्रकार सहभागी भएका थिए […]

June 3, 2022

सदस्यसचिव घिसिङ र सब्रिनाबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् । सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल […]

June 3, 2022

नेदरल्यान्ड्समा अरुणाको प्रशिक्षण शुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले नेदरल्यान्ड्समा प्रशिक्षण शुरु गरेकी छिन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी चार साता प्रशिक्षणका लागि उनी सोमबार त्यसतर्फ प्रस्थान थिइन् । उनले झन्डै ३५ दिनको प्रशिक्षण नेसनल ट्रेनिङ सेन्टर पापेन्डलमा क्लब सुडोसा डेस्टोबाट लिनेछिन् । कप्तान अरुणाले त्यहाँ […]

June 1, 2022

बुद्ध र आकारको जोडीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेश्रो भए । फरक […]

June 1, 2022

पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – बन्दी सहायता नियोग (पाम) ले चारपटक विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिकमा सहभागिता जनाई सकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मान गरेको हो । अस्ट्रियाकी सब्रिनाले […]

June 1, 2022

कामनाको उच्च प्रदर्शनमा पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टको उच्च प्रदर्शनमा पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा मंगलबार राति भएको खेलमा पुलिसले क्लब हाफ लाइन लिंकेजलाई ३–१ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित आत्मसात गरेको हो । पहिलो सेट २५–८ र […]

June 1, 2022

सेल्टर आश्रयले कैदीबन्दीबीच फुटबल कार्यक्रम गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सेल्टर आश्रय नेपालले केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल सम्वन्धी कार्यक्रम आयोजना गर्ने भएको छ । सेल्टरले बुधबार पत्रकार सम्मेलन गर्दै एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा ‘प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष खुश्वु ओलीले जानकारी गराइन् । सेल्टरले पछिल्ला पाँच […]

June 1, 2022

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दै पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा नाडालले चिरपरिचित प्रतिद्धन्द्धी जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो सेट सहजै ६–२ ले आफ्नो पक्षमा पारेको नाडालले दोस्रो सेट ४–६ ले […]

May 31, 2022

दुवईमा दिवस र एसियाको जोडीलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – दिवस शंकर र एसिया जवेगुको जोडीले दुबईमा भएको ‘बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिप–२०२२’ मा पुरुष युगलतर्फ कास्यपदक जित्न सफल भएको छ । उनीहरु पाँच चरणको खेल जितेर सेमिफाइनलमा प्रवेश गरेका थिए । तर, सेमिफाइनलमा दिवस र एसियाको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २–१ को सेटमा पराजित हुँदै फाइनलमा पुग्नबाट वञ्चित बन्यो […]

Success

Thank you for your time.