June 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न ७ खेललाई समेट्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । ७१औं मदन जयन्तीको अवसरमा एकेडेमीले राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता संघीय राजधानीदेखि मधेश […]
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एनपीसी नेपालले चार पारा ओलम्पियन खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । एनपीसी नेपालले शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजना गरेको राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिपका दौरान पारा ओलम्पियनलाई सम्मान गरेको एनपीसी नेपालका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् । सम्मानित हुने पारा ओलम्पियनमा निर्मला ज्ञवाली (ग्रिस), विक्रमबहादुर राणा (लन्डन-ब्राजिल), मैया विशंखे […]
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले ओलम्पिक डेका अवसरमा आयोजना गरेको दोश्रो मास्टर्स ट्राईयाथलनको ब्यक्तिगततर्फको उपाधि बिजेन श्रेष्ठले जितेका छन् । बिजेनको यो दोस्रो उपाधि हो । उनले यस अघि पनि यो उपाधि जितिसकेका छन् । बोडे, मध्यपुर ठिमीस्थित जयश्री सिद्धि गणेश पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा दोस्रो स्थानमा बिशाल केसी र तेस्रो स्थानमा […]
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा शनिबारदेखि सुटिङ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । २६ पुरुष र २४ महिला गरी ५० खेलाडी सहभागी छन् । पुरुष-महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ […]
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र एन्जल्स हार्ट छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । बीएनएले आयोजक स्किब्सलाई ९–४ तथा एन्जल्स हार्टले इेडेन ब्रिज एकेडेमी (इबीए) लाई १२–३ ले पराजित गरे । सिनियर ब्वाइजमा त्रिज्योति र ग्रिनल्यान्डले उपाधि भिडन्त पक्का गरे । […]
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा शनिबार उपाधि जितेका हुन् । बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण […]
June 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अरहन्तकेशर सिंह र कृष्णा थापा मगरले ओलम्पिक दिवसको अवसरमा आयोजना भएको राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले राष्ट्रिय च्याम्पियन अमृत थापा मगरलाई ११–८, ९–११, १३–११ र १२–१० को सेटमा हराएर च्याम्पियन बनेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको […]
June 18, 2022
सुर्खेत (हाम्रो खेलकुद) – प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित पहिलोपटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालय स्तरको दौड प्रतियोगिता हुने भएको छ । शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन्। ‘कर्णाली दोडिन्छ’ भन्ने नाराका साथ […]
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवास तामाङ र प्रतिमा शेर्पाले ओलम्पिक दिवस २०२२ को अवसरमा आयोजना भएको राष्ट्रिय गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवासले पुरुषतर्फको २१ वर्षमुनि तथा प्रतिमा महिलामा च्याम्पियन बन्न सफल भएका हुन् । गोकर्ण गल्फ क्लबमा शुक्रबार अन्तिम दिन सुवासले ५ अन्डर ६७ को […]
June 17, 2022
काठमाडौं(हाम्रो खेलकुद) – बलियो नेपाल कप यू-१५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश १, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । समूह चरण अन्तर्गतको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश […]