default_image

General

July 2, 2022

नुवाकोटे टाइगर हेभिवेटमा नयाँ राष्ट्रिय च्याम्पियन

हिमाल खरेल, बिर्तामोड नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन् । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार पाए । झापाको केरखास्थित […]

July 2, 2022

कोपिला सर्वाेत्कृष्ट, सलिना उदियमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी मिडल ब्लकर कोपिला राना प्रथम बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । पुलिसलाई च्याम्पियन बनाउन कोपिलाले अलराउन्डर प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै कोपिलाले २५ हजार रुपैयाँ र ट्रफी हात पारिन् । उनकै अलराउन्डर प्रदर्शनमा पुलिसले वर्षको पहिलो उपाधि जित्न […]

July 2, 2022

एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो । पुलिसले राउन्ड रोविन लिगमा एपिएफमाथि […]

July 2, 2022

पुलिस र एपिएफ उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहेर पुलिस र एपिएफले फाइनलमा भिडन्त पक्का गरेका […]

July 1, 2022

राष्ट्रव्यापी फुल कन्ट्याक्ट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो । प्रतियोगितामा १ सय ५० […]

July 1, 2022

‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा

हिमाल खरेल, बिर्तामोड मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो । राष्ट्रव्यापी प्रतियोगितान्तर्गत ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा हुन लागेको ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ […]

July 1, 2022

कीर्तिपुर सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित ग¥यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे । टाइम्सले मेरिलियोनलाई ८७–५१, विशाल मिलन केन्द्र (बीएमके) ले आईएसए नेपाललाई ७७–६० र रोयलले जेभियरलाई […]

July 1, 2022

दक्षिण कोरियामा कमललाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको छुनछुनमा भएको प्रतियोगिताको ३० वर्षमाथि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् । प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन […]

July 1, 2022

अमेरिकामा भरत र नवयुग सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल खेलाडीद्धय नवयुग श्रेष्ठ र भरत खवास अमेरिकाको बाल्टिमोरमा सम्मानित भएका छन् । मेरिल्याण्डको स्टेट १० का डेलिगेट डाक्टर जे जेलेसीले सम्मान गरेका हुन् । अमेरिकाको बाल्टिमोरमा हुन लागेको एनएसी फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि भरत र नवयुग बिहिबार अमेरिका पुगेका हुन् । प्रतियोगिताको आयोजक मेरिल्याण्ड एथ्लेटिक क्लबले आयोजना गरेको […]

July 1, 2022

स्पोर्ट्स हव ओपन ब्याडमिन्टन अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए । प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको छ । जसमा पुरुष डबल्स […]

Success

Thank you for your time.