default_image

General

July 3, 2022

ओलम्पियन्स संघ र नोवेल अस्पतालबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन्स एसोसिएसन (एनओए) र नोवेल मेडिकल कलेज टिचिङ अस्पताल प्रालिबीच खेलाडी तथा परिवारको उपचारको लागि सम्झौता भएको छ । सम्झौतामा संघको तर्फबाट अध्यक्ष दीपक विष्ट र अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक ईन्दिरा शर्मा बरालले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । यो सम्झौता आइतबारदेखि लागु भाई ५ वर्षसम्मको लागि हुनेछ । अस्पतालले आफ्नो […]

July 3, 2022

उपत्यकाव्यापी तेक्वान्दोमा दीलिप स्मृति च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – दीलिप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कांस्यसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो […]

July 3, 2022

गोल्डेनगेट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा गोल्डेनगेटले विशाल मिलन केन्द्र (बीएमके) लाई ७२–६८ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो । गोल्डेनगेटका अभिषेक सिंहले २९ अंक जोडे । रोयल, टाइम्स र कीर्तिपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । मदन […]

July 3, 2022

भलिबलका ईश्वर सुवेदारमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका लिवेरो (डिफेन्डर) ईश्वर थापा मगर नेपाली सेनाको सुवेदार पदमा बढुवा भएका छन् । उनलाई आइतबार सहसेनानी तथा नेपाली सैनिक शारीरिक तथा खेलकुद केन्द्र लगनखेलका केन्द्रपति मुनाल बस्नेतले सुवेदार पदको दज्र्यानी चिन्ह प्रदान गरे । तनहुँ जिल्ला व्यास नगरपालिका १ भादगाँउका […]

July 3, 2022

सन्तोष र मन्जु पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मन्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मन्जु च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सन्तोषले मधेश प्रदेशका विश्व लामालाई पराजित गरे । आर्मीका […]

July 2, 2022

रोयल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रोयल राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा रोयलले टाइम्सलाई ६६–५६ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । लगातार तीन खेलमा जित आत्मासात् गरेको रोयलका निकेश मगरले १६ अंक जोडे । पराजयका बावजुद उपविजेता बन्दै टाइम्स पनि […]

July 2, 2022

तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) –मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु भएको छ । प्रतियोगितामा पुरुष-महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद […]

July 2, 2022

पोखरा स्पोर्ट्स अवार्डमा टेनिसको ह्याट्रिक, अरुणा र प्रदिप वर्ष उत्कृष्ट खेलाडी

विजय नेपाली, पोखरा छैटौं पोखरा स्पोर्ट्स अवार्डमा लन टेनिसले ह्याट्रिक अवार्ड जितेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिसले ३ विधा प्राप्त गरेको हो । ३ विधा प्राप्त गर्दै गर्दा टेनिसका प्रदिप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसंगै उत्कृष्ट […]

July 2, 2022

क्योकुशिन–सेईसिन करातेलाई १६ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतको चाल्सा, जल्पाईगुरी, पश्चिम बंगालमा ३ तिन दिनसम्म आयोजना भएको ‘११औं साउथ एसियन फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०२२’ मा नेपाली टोलीले १६ स्वर्ण जितेको छ । नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघका अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ स्वर्ण, ७ रजत र ८ काश्य जितेको हो । नेपाली […]

July 2, 2022

खेल पर्यटन प्राथमिकतामा रहन्छ–मन्त्री श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनको विकासका लागि प्राथमिक राखेर आफ्नोे कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रयास गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री श्रेष्ठले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको र आफ्नो कार्यकाल खेल पर्यटन विकासका लागि पनि […]

Success

Thank you for your time.