default_image

General

July 9, 2022

इन्साइट र ग्रान्डीलाई एसिया प्यासिफिक कप

काठमाडौं (हाम्रो खेलकुद) – इन्साइट भिजन र ग्रान्डी स्पोर्ट्स सेन्टरले प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । इन्साइट भिजन ब्वाइज तथा ग्रान्डी स्पोर्ट्स सेन्टर गल्र्समा च्याम्पियन बनेका हुन् । धापासीस्थित आयोजक एसिया प्यासिफिक कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा इन्साइट भिजनले एन्जल्स हार्टलाई १९–१३ ले पराजित ग¥यो । […]

July 9, 2022

पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत साता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । प्रदेश सांसद विराजभक्त […]

July 9, 2022

देवलाल र याङ्दी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो भएका छन् । देवलाल पुरुष र याङदी महिलामा पहिलो भएका हुन् । देवलालले निर्धारित दूरी २३ मिनेट ५३ सेकेन्डमा पूरा गरे । राजु महर्जन दोश्रो तथा बुलाल महर्जन तेश्रो भए । […]

July 9, 2022

जोकोभिच विम्बल्डनको फाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । जोकोभिचले घरेलु खेलाडी क्यामरोन नोरीमाथि ३–१ को सेटमा जित निकाल्दै आठौंपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् । सेन्टर कोर्टमा शुक्रबार राति भएको सेमिफाइनलको शुरुवाती सेट २–६ ले गुमाएको ६ पटकको विम्बल्डन च्याम्पियन जोकोभिचले त्यसपछि तीन सेट ६–३, ६–२ र ६–४ ले […]

July 8, 2022

बागलुङलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा (हाम्रो खेलकुद) – बागलुङले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यपदकसहित कुल २७ पदक जितेर रनिङ शिल्ड हात पारेको हो । नवलपुर ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङ्जा ६ स्वर्ण २ रजत र […]

July 8, 2022

राष्ट्रिय खेलकुदको विजेतालाई १० लाखको आकर्षक ट्रफी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता बन्ने टोलीले १० लाख रुपैयाँको आकर्षक ट्रफी प्राप्त गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि गठन गरिएको मुल आयोजक समितिको बैठकले प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षण ट्रफी प्रदान गर्ने निर्णय गरेको हो । राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नै लागु हुने गरी […]

July 8, 2022

नवौं राष्ट्रिय खेलकुदको तयारी शुरु

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक रुपमा तयारी शुरु भएको जनाएको छ । नवौं खेलकुदको मुल आयोजक कमिटीको शुक्रबार काठमाडौंमा बसेको बैठकले नवौंको तयारी औपचारिक रुपमा शुरु भएको जनाएको छ । नवौं राष्ट्रिय खेलकुद) असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी […]

July 7, 2022

ईस्पोर्ट्स च्याम्पियनसिप सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ईस्पोर्ट्स संघको आयोजनामा तेस्रो नेपाल ईस्पोर्ट्स च्याम्पियनसिप सुरु भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करणको फाईनल बिहीबारदेखि सुरु भएको हो । च्याम्पियनसिपको सँस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले उद्घाटन गरे । छोटो समयमा नै विश्वका युवाहरु […]

July 7, 2022

गौरिकासहित पदक विजेता सम्मानित हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघले सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा कीर्तिमानी पदक जित्ने गौरिका सिंहसहितका खेलाडीलाई सम्मानित गर्ने निर्णय गरेको छ । संघले संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता दौरान आफ्ना पदक विजेता महिला खेलाडीलाई नगदसहित सम्मानित गर्ने निर्णय गरेको […]

July 7, 2022

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु

पोखरा (हाम्रो खेलकुद) – पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्र-छात्रा रनिङ शिल्ड प्रतियोगितामा स्याङ्जाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् । छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पारिन् । यस्तै १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । तनहुँकी बिनिता सार्की […]

Success

Thank you for your time.