default_image

General

July 20, 2022

बनेपामा अर्काे महिना राष्ट्रिय फुल कन्ट्याक्ट कराते हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केनशिनकान कराते संघको आयोजनामा अर्काे महिना बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता ४ भदौंमा हुने जानकारी गराएको हो । प्रतियोगितमा पुरुष ३५ केजीमुनि, ४५ केजीमुनि, ५५ केजीमुनि, महिलातर्फ ३५ केजीमुनि, ५० केजीमुनि र खुल्ला तौल समूह गरि […]

July 20, 2022

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाई गरे । पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कलाखेती रहेका […]

July 20, 2022

सदस्य–सचिव घिसिङ र कतारी राजदूत हेलबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्ता त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङको कार्यकक्षमा भएको हो । भेटका अवसरमा सदस्य–सचिव घिसिङले राजदूत युसुफ खेलकुद प्रेमी भएको थाहाँ पाउँदा खुशी लागेको बताउदै कतारमा हुने विश्व कपको पूर्व सन्ध्यामा […]

July 19, 2022

विनय पन्त स्मृति कप भलिबल यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंको आयोजनामा स्व. बिनय पन्त स्मृति कप फोर ए साइड पुरुष भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता यही साउनको १९, २० र २१ गते नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा हुने जानकारी गराएको छ । प्रतियोगितामा एक टोलीमा राष्ट्रिय टोली तथा विभागीय टोलीको […]

July 19, 2022

अन्नपूर्ण ब्रसेल्स र एनएसजेएफबीच मैत्रीपूर्ण फुटसल

काठमाडौं (हाम्रो खेलकुद) – अन्नपूर्ण ब्रसेल्स क्लब नेपाल बेल्जियम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको मैत्रीपूर्ण खेलमा पत्रकार मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गरेको छ । खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । मन्चको […]

July 19, 2022

पोखरा विश्वविद्यालय क्रिकेट क्लवमा नयाँ कार्य समिति

पोखरा (हाम्रो खेलकुद) – पोखरा विश्वविद्यालय क्रिकेट क्लवको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार वसेको वैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा, सचिवमा जगदिश भण्डारी, सहसचिवमा संदेश श्रेष्ठ चएन भएका हुन् । त्यस्तै सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला र तृष्णा देवकोटा […]

July 16, 2022

नेपालविरुद्ध नामिबिया कप्तानको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियाका कप्तान जेहार्ड एरास्मसले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले २४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ । नामिबियाका कप्तान जेहार्ड एरास्मस ५९ बलमा ४ चौका र १ छक्का सहित […]

July 14, 2022

निशाको अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । निशाले सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि लङजम्पमा शिलाको कीर्तिमान थियो […]

July 11, 2022

नो मर्सी र न्यु जेनिथलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नो मर्सी र न्यु जेनिथले प्रथम एसइइ कप ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । नो मर्सी फुटसल तथा न्यु जेनिथ थ्री बाइ थ्री बास्केटबलमा च्याम्पियन बने । खुमलटारस्थित आयोजक प्रिमियर इन्टरनेसनल स्कुलमा सोमबार भएको फुटसलतर्फको फाइनलमा नो मर्सीले स्वस्तिश्री गुरुकुललाई ४–१ गोलले पराजित ग¥यो । उपाधिसंगै नो मर्सीले […]

July 11, 2022

नासिरलाई थप तीन स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेनले १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप ३ स्वर्ण जितेका छन् । योसँगै उनले यस प्रतियोगितामा ५ स्वर्ण हात पार्न सफल भएका छन् । नेपाल पौडी संघको आयोजनामा सातदोबाटोस्थित पौडी पोखरीमा भइरहेको प्रतियोगितामा नासिरले सोमबार २०० मिटर फ्रिस्टायल, १०० मिटर ब्रेष्ट स्ट्रोक र १०० मिटर […]

Success

Thank you for your time.