August 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमृत थापा मगर र अमिर ब्लोनले चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार अमृतले राज श्रेष्ठलाई ११–१, ११–० र ११–४ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै अमिर ब्लोनले विनायक श्रेष्ठलाई ११–३, ११–५ र […]
August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा ३ सदस्यीय आर्थिक विनियम मस्यौदा समिति गठन गरिएको छ । समितिका सदस्यमा आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा र खेलकुद विकास विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । विष्ट नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका छन् ।
August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नारायणी रंगशाला जग्गा मुआब्जा एवम् सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङसमक्ष प्रतिवेदन बुझाएको छ । समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएका हुन् । राखेपले नारायणी रंगशाला भित्र आफ्नो जग्गा परेको भनि विभिन्न ब्यक्तिहरुले उक्त जग्गाको उचित […]
August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अजर केशर सिंह र रिद्धि शाक्यसँगै गोपाल थापा, विनायक श्रेष्ठ र राज श्रेष्ठले चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अन्तरगत पुरुष खुल्लातर्फ विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको पहिलो दिनको प्रतिस्पर्धामा अजरले दिव्य बज्राचार्यलाई तथा रिद्धिले सद्या प्रधानंगलाई ३–० को सोझो सेटमा पराजि तगर्दै विजयी सुरुवात […]
August 1, 2022
विक्रम लामा कुनै एक समय थियो, जति बेला हामी दक्षिण एसियाको उमेर समुहमा अग्रपङ्तीमा रहन्थ्यौं । त्यस समय भारत लगायतका राष्ट्रलाई प्राय जित्थ्यौं। विस्तारै खेलाडीहरु सिनियर टिममा खेल्दै जादा हामी कमजोर हुदै जान्थ्यौं, राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो। तर समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थ्यो। उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै […]
August 1, 2022
बुटवल (हाम्रो खेलकुद)– निबोध एरोबिक एण्ड जिमकी मन्जिता राजभण्डारी र रोयल आइरन जिनका बलराम डुम्रेले रुपन्देही जिल्ला स्तरिय पावर लिफ्टिङ प्रतियोगिताको उपाधि जितेका छन् । रूपन्देही पावरलिफ्टिङ्ग संघको आयोजना तथा रूपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ र रूपन्देही जिल्ला व्यायाम तथा फिट्नेश व्यवसायी संघको सहकार्यमा शनिबार भएको प्रतियोगिताको उता महिलातर्फ ५७ केजी भन्दा कम […]
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले प्रथम स्पोर्ट्स हव खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको उपाधि जितेको छ । निकै नै रोचक भएको फाइनलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११ र २१–७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । सेनाका पविन लिनथेप र […]
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडो प्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट श्रृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो । अनाथलयमा आश्रित बालवालिकाका लागि ४५ […]
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नै कभर्डहल निर्माण अभियानमा रहेको घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई समाजसेवीद्धय फुनुरु शेर्पा र रमेश राईले आर्थिक सहयोग प्रदान गरेका छन् । हाल पोर्चुगलमा रहेका समाजसेवी तथा भलिबल प्रेमी शेर्पाले न्यू डायमन्डको कभर्डहल निर्माणको लागि ५५ हजार ५ सय ५५ रुपैयाँ तथा समाजसेवी तथा भलिबल प्रेमी नै हङकङमा […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघले इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने एशिया रग्वी सेभेन्स ट्रफ्री –२०२२ को लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ । संघले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । अन्तिम टोलीमा सन्जिता बोम्जन, प्रतिक्षा वागले, पुनम भुजेल, सुष्मा था, विनिता शाही र अस्मिता […]