default_image

General

August 17, 2022

ब्राइट होराइजन सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्राइट होराइजन नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राइट होराइजनले जेनिथलाई ५८–३२ ले पराजित ग¥यो । सोही स्पर्धामा ग्रिनल्यान्डले रेडिअन्तलाई ४६–३० तथा महामञ्जुश्रीले आयोजक ग्रिनफिल्डलाई ३५–३३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई १४–८, एन्जल्स हार्टले ग्रिनफिल्ड ‘बी’ […]

August 17, 2022

आर्मी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले कीर्तिपुरलाई १०१–८५ अंक ले पराजित ग¥यो । जितसंगै आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीका लागि आयुश सिंहले ४४ अंक जोडे । पहिलो क्वाटरमा २६–२९ ले पछि परेको आर्मी बाँकीमा […]

August 17, 2022

नेमोनिक र बुद्ध फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेमोनिक र बुद्ध ऐकडेमी पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८–३७ ले हरायो । नेमोनिकको जितमा प्रवेश तामाङले ३८ अंक योगदान गरे । निरन लामाको १७ अंक सहयोगमा बुद्धले प्रिमियरललाई ५३–४२ ले […]

August 17, 2022

पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटबार्ता

काठमाडौं (हाम्रो खेलकुद) – एक महिनाअघि मालदिभ्समा आयोजना भएको ५४औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसंग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । साउन ४ देखि भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ […]

August 16, 2022

ललितपुर हाइ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले पराजित ग¥यो । ललितपुरका ममता गुरुङ र अस्मिता थापाले समान १३–१३ अंक जोडे । ललितपुर एक खेल अगावै फाइनलमा पुगेको हो । आईएसए नेपालको लगातार […]

August 16, 2022

तयारी प्रशिक्षणलाई सफ्ट टेनिस सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो । विश्व सफ्ट टेनिस […]

August 16, 2022

गण्डकीको खेलाडी छनोट र प्रशिक्षण तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखसँगको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी […]

August 16, 2022

ग्रिनफिल्ड क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनफिल्ड नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले नेरिकलाई ३७–२९ ले हरायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ अंक जोडे । सिनियर ब्वाइजमै जेनिथले पिपुल्स एकेडेमीलाई ३२–१२, ग्रिनल्यान्डले कान्तिपुरलाई ३९–१५, रेडिअन्टले काठमाडौं जेभियरलाई ५६–४१, ब्राइट होराइजनले ज्ञान निकेतनलाई ४४–३८, किङडम हिमालयले […]

August 16, 2022

आयोजक बौद्ध सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बौद्ध इन्टरनेसनल स्कुल पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५–१४ ले पराजित ग¥यो । विजेताकी सब्रिना पन्तले १५ अंक जोडिन् । गल्र्समै निस्ट, चाँदबाग र डाफोडिलले पनि सेमिफाइनल यात्रा तय गरे । निस्टले निसर्ग वाटिकालाई ३२–१३ […]

August 16, 2022

शारिरीक सुगठनका २८ प्रशिक्षक दिक्षित

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षहरुलाई दिक्षित गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रशिक्षणबाट दिक्षित प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरे । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दिक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो […]

Success

Thank you for your time.