default_image

General

April 6, 2024

एन्फा महासचिव राई विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि एन्फामा भ्रष्टाचार र अनियमितताको‌ आरोप लागेको‌ छ । एन्फाको जिल्ला फुटबल संघ गोरखाका सदस्य अमित खत्रीले महासचिव राई विभिन्न शीर्षकमा अनियमितता संलग्न भएको आरोपसहित शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानविनको माग गर्दै उजुरी दर्ता गरेका छन् । खत्रीले एन्फामा र भ्रष्टाचार र वेथिति […]

April 6, 2024

सन्तोषीलाई‌ लुम्बिनीमा हाफ म्याराथन उपाधि

लुम्बिनी (हाम्रो खेलकुद)- लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिला हाफ म्याराथन सन्तोषी‌ श्रेष्ठले जितेकी छिन्। सन्तोषीले २१ किमिको दूरी १ घन्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोश्रो सस्करणको  लुम्बिनी पिस म्याराथनको महिला हाफ म्याराथनको उपाधि जितेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीले चैत १० गते काठमाडौंमा प्रोटिन म्याराथनको […]

April 4, 2024

सि डिभिजन लिग आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको तेस्रो श्रेणीको लिग सहिद स्मारक सि डिभिजन लिग आजदेखि सुरु हुँदै छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्दघाटन खेलमा आज आरसी ३२ फुटबल एकेडेमी र खलीबारी युथ क्लब भिड्ने छन् । खेल दिनको ३ बजेदेखि सुरु हुनेछ । गत संस्करणमा आरसी ३२ तेस्रो रहँदै बि डिभिजन लिगमा […]

April 2, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा गुजरात विरुद्ध ८ विकेटको जित निकालेको नेपालले आज बरोडा लाई २७ रनले हराएको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर […]

April 1, 2024

ढोरपाटनलाई दोस्रो गल्कोट कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाले दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । फाइनलमा छन्त्याल परिवार अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियाको सिड्नीस्थित ओवर्न बास्केटबल सेन्टरमा भएको एक दिने प्रतियोगिताको फाइनलमा ढाेरपाटनले पहिलाे तेस्राे र चाैथाे सेट जित्दा दाेस्राे सेट गुमाएकाे थियाे […]

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

March 23, 2024

एभरेस्ट पहिलोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब बुटवलले पहिलोपटक आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । आठौं संस्करणसम्म आइपुग्दा एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो । कुनै पनि राष्ट्रिय प्रतियोगितामा एभरेस्टको यो पहिलो उपाधि हो । यसअघि […]

March 23, 2024

गण्डकीलाई हराउँदै पुलिस तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हासिल गरेको हो । पहिलो र दोस्रो […]

Success

Thank you for your time.