September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गल्र्समा सुस्मिताले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभीएमका रुविन महर्जनलाई १२–१०, १३–११ र ११–५ को सोझो सेटमा […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक निसर्ग बाटिका स्कुल आठौं निसर्ग पौडी च्याम्पियनसिप २०२२ को च्याम्पियनसिप उपासधि उचाल्न सफल भएको छ । आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो । यस अघिको संस्करणमा उपाधि उचालेको लिङकनलाई पछि पार्दै आयोजकले उपाधि उचालेको हो । स्वस्तीश्री गुरुकुल ६४ अंकका साथ दोश्रो र ५३ अंककाका […]
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ । काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए । पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नो खेलाडी तथा अफियिसललाई शनिबार पुरस्कृत गरेको छ । गत साता पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो स्थान हासिल गरेपछि क्लबले प्रोत्साहन स्वरुप खेलाडी तथा अफिसियललाई नगदसहित पुरस्कृत गरेको हो । पुरानो चोट बल्झिएपछि विश्राममा रहेको प्रतिभा मालीविनाको […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनोज श्रेष्ठले मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मनोजले ४ खेलाडीलाई पराजित गरेका थिए । नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खडकाले जनाएका छन् ।
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित ग¥यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे । सिनियर ब्वाइजमै प्राण्जलीले आयोजक केभीकेएसएसलाई ३४–११, लोयल्टीले क्लिन्टनलाई ५८–४ र भ्याली पब्लिकले विन्डीलाई ५६–१८ ले हराउदै प्रिक्वाटरफाइनलमा पुगे । प्राण्जलीका तौसिन अन्सारीले […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व राष्ट्रिय खेलाडी कल्याण पाण्डे र आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे । पुरुषमा ७५ र महिलामा ४० गरी १ सय […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट सहभागी हुने टेबल टेनिस खेलाडी छनोट भएका छन् । पुरुष-महिलामा समान ५–५ गरी १० खेलाडी छनोट भएको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए । पुरुषमा सुनिल महर्जन, रितिज जोशी, एलेक्स महर्जन, चन्दन शाही […]
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित तानडोरी प्रतियोगितामा शुक्रबार काठमाडौं पहिलो भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत […]