default_image

General

August 28, 2022

महरा निर्णायकमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसका नेपाली अन्तर्राष्ट्रिय निर्णायक तेजेन्द्रसिंह महरा २६ औं एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि निर्णायकमा छनोट भएका छन् । सेप्टेम्बर १ देखि ६ तारिखसम्म लाओसमा हुने प्रतियोगताका लागि महरा निर्णायकमा छनोट भएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । २००६ मा अन्तर्राष्ट्रिय निर्णायक उत्तीर्ण गरेका महरा […]

August 28, 2022

तुलसी र रिताको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – तुलसी महर्जन र रिता प्रजापतिको जोडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औं वार्षिकोत्सवका अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा आइतबार स्वर्ण जितेका छन् । आयोजक राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडी दोश्रो भए । प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी […]

August 27, 2022

चुनदेवीलाई नमुना कप यू–१७ फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चुनदेवी युथ क्लबले प्रथम नमुना कप यू–१७ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावारी नगरपालिका बसपार्कस्थित सेन्ट जेभियर स्कुलको खेल मैदानमा शनिबार भएको फाइनलमा वाइल्ड जुनियर फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै चुन देवीले उपाधि जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट […]

August 27, 2022

‘ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं’ – मन्त्री अथक

कोहलपुर (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरिएको बताएका छन् । राष्ट्रिय तेक्वान्दो संघले शुक्रबारदेखी बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधिमार्फत सरकारले खेलाडीहरुको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताएका हुन् । युवा तथा खेलकुद […]

August 27, 2022

बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तरास्ट्रिय बक्सिङ दिवस (२७ अगष्ट २०२२) मनाएको छ । सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तरिखलाई अन्तर्राष्ट्रिय बक्सिङ दिवसको रुपमा मनाइदै आएपनि सन् […]

August 27, 2022

भ्याली र ग्रिनल्यान्डको दुवै टोली फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्डको दुवै टोली १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शनिबार दुवै स्कुलको सिनियर ब्वाइज/गल्र्स टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । सिनियर ब्वाइजमा भ्याली पब्लिकले बीएनएलाई ५६–३२ तथा ग्रिनल्यान्डले एचएचसीलाई ४२–३७ ले पराजित गरे । भ्याली पब्लिकका अनमोल गुरुङ र छिरिङ तामाङले […]

August 27, 2022

सागकी स्वर्णधारी सन्तोषी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन् । प्रयास मञ्च नेपालले आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सम्मानित हुने क्रममा सन्तोषीले हलमा रहेका आफ्ना गुरु रघुराज वन्तलाई पनि मञ्चमा उपस्थित […]

August 27, 2022

फ्रान्समा भएको अल्ट्रा दौडमा सुनमाया दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । दि नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग पछि परिन् […]

August 26, 2022

साईमनले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालका लागि साईमन श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । उनले १४ वर्ष उमेर समूहको ४५ केजीमुनि स्वर्ण जितेका हुन् । ईचङगु नारायण डोजोका उत्पादन उनको यो पहिले अन्तर्राष्ट्रिय सहभागिता हो । नेपालबाट सहभागी सिनियर पुरुषमा […]

August 26, 2022

भ्याली पब्लिक र ग्रिनल्यान्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्ड १५औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई ३५–२१ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङले १२ अंक योगदान गरे । दिवस भुजेलको २७ अंक सहयोगमा ग्रिनल्यान्डले सेन्ट जोसेफलाई ३९–३० ले हरायो । सोही स्पर्धामा […]

Success

Thank you for your time.