September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध शान्ति क्लबले दोस्रो संस्करणको बाल दिवस कप यू१३ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावारीस्थित सेन्ट जेभियर स्कुलको मैदानमा शनिबार भएको खेलमा बन्देस पुर क्लबलाई १–० ले पराजित गर्दै बुद्ध शान्ति क्लबले उपाधि जितेको हो । विजेता बुद्ध शान्तिका रियाज तामाङ सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफी हात पारे […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर–१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११–१, १३–११, १६–१८, ११–९ र ११–३ ले हराउँदै उपाधि जिते । स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपुर थिमी नगरपालिका ७ भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । जिल्लाब्यापी वडा स्तरीय प्रतियोगितामा थिमी ७ ले एक स्वर्ण दुई रजत पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको हो ।यस्तै दोश्रो स्थानमा रहेको मध्यपुर थिमी ८ एक स्वण र एक कास्य पदक प्राप्त गर्न […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार’ शुरु भएको छ । सन् २०१६ मा स्थापना भई आत्मरक्षा सम्बन्धि बिभिन्न सिप प्रदान गर्दै आएको यस संघले आफ्नो उद्धेश्यलाई अझ फराकिलो बनाउदै लैजाने क्रममा तेश्रो अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँ थाइ संघले पदक विजेता आफ्नो खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको छ । संघको तेस्रो साधारणसभाका अवसरमा शनिबार मलेसियामा गत महिना सम्पन्न युथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मानित गरेको हो । सो प्रतिस्पर्धामा उनले ग्रान्ड स्लाममा रजत र युथ गेम्समा कांस्य पदक विजेता प्राप्तिलाई सम्मान गरिएको […]
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक हरि कुमार रिमालले १४औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको म्याराथनमा रिमालले निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाउने भएपछि हरिले प्रतिस्पर्धा गरेका थिए । जुनेश खड्काले २ घन्टा ४२ मिनेट […]
September 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४० केजीमुनि शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा मधेश प्रदेशका अंकितकुमार ठाकुर तथा बागमतीका निरोज दुधराज र अर्जुन भुजेलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नेपाल आईएफकेके संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ४५ केजीमुनि […]
September 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिका वडा ६ का जयराम महर्जन र ललितपुर महानगरपालिका वडा ११ का राजेन्द्र वज्राचार्य दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितामा शुक्रबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि जयराम र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ४० वर्षमाथि […]
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । कुल […]
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका वडा ८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालि.को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले पराजित ग¥यो । विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए […]