September 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको विमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । […]
September 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाईनल देखिका प्रतियोगिताको […]
September 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन् । सो अवसरमा […]
September 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरु पुर्वले नेपाललाई दिएको छ, तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्वर एक उर्वर भूमी नै मानिन्छ । त्यहि उर्वर भूमीले भने बृहत राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चाउन सकेको छैन । पुर्वका राम्रा खेलाडिहरु विभागीय क्लबहरुमा आवद्ध […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माजेका सनोज खड्गीले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् । बौद्धस्थित आयोजक छोर्तेन स्नुकर क्लब, बौद्धमा भइरहेको प्रतियोगितामा सनोजले एक्सक्लुसिभका नुजल मानन्धरलाई ३–१ को फ्रेममा पराजित गरे । अन्य खेलमा स्टार युथ क्लबका सन्दिप मगरले एमजीएमका छिरिङ लामालाई ३–०, दिप लभका परिवेश रेग्मीले साम्भालाका विकास […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सन्जिव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन् । स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा ८.३ अंक जोड्दै सन्जिव पहिलो भएको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । पोल्यान्ड दोश्रो तथा जर्मनी तेश्रो भए। […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबारसम्म गण्डकी प्रदेशले सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता गराएको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउदै छन् । नेपाल आर्मीले ६ सय […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् । धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाई गरे […]
September 25, 2022
एजेन्सी – केन्याली धावक एलिउड किप्चोगेले आफ्नै नामको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्यारथनमा उनले नयाँ कीर्तिमान बनाएका हुन् । ३७ वर्षीय किप्चोगेले २ घण्टा १ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । बर्लिनमा नै चारवर्ष अघि उनले सोही दुरी २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पूरा […]
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चल प्रवासी समाज माल्टाको आयोजनामा माल्टामा पुरुष भलिबल प्रतियोगिता तथा सांगितिक कार्यक्रम आयोजना हुने भएको छ । पूर्वाञ्चल प्रवासी समाज माल्टाले पहिलोपटक वडा दशैं, दिपावली र छठको अवसरमा पुरुष भलिबल प्रतियोगिता तथा सांगितिक कार्यक्रम २ अक्टोवर अर्थात वडादशैंको फुलपातीको दिन हुनेछ । एक दिने प्रतियोगिताको खेलहरु सेन्ट मर्टिन कलेज स्वाटरमा हुनेछ […]