default_image

General

September 30, 2022

टेनिस टोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज-गल्र्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गल्र्समा प्रशंसा मोक्तान र आध्य […]

September 30, 2022

एनएसजेएफ कैलालीलाई फुटसल उपाधि

धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा भएको निसर्ग हस्पिटल मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । आयोजकसमेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । मञ्चको जितमा कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे । चडेपानी ब्वाइजका राजेश चौधरीले […]

September 30, 2022

क्यान्डिडेट मास्टर थापाको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा विजयी शुरुवात गरेका छन् । सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन् । अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीता रहेको […]

September 29, 2022

मिडिया कप फुटसलको सेमिफाइनल समिरकरण पूरा

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा बिहीबारदेखि शुरु भएको निसर्ग हस्पिटल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसलमा समूह क बाट आयोजक खेलकुद पत्रकार मञ्च समूह विजेता र अत्तरिया पत्रकार समूह उपविजेता भएर सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह बी […]

September 29, 2022

नवौंको समापन प्रधानमन्त्री देउवा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा […]

September 28, 2022

जुनियर ब्याडमिन्टनमा नेपाललाई दुई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा भएको ब्याडमिन्टन एसिया साउथ एसियन जुनियर रिजनल च्याम्पियनसिपमा नेपालले दुई कास्यपदक जितेको छ । नेपालले यू–१५ र यु–१७ मिक्स टिम इभेन्ट्समा कास्य जित्न सफल भएको हो । भारत र श्रीलंकासँग पराजित हुँदा नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० को सेटमा हराउँदै कास्य जित्न सफल भएको हो । यू–१५ मा […]

September 28, 2022

भुटानमाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा बुधबार नेपालले तुलनात्मक रुपमा कमजोर भुटानमाथि ६५–२६ को सहज जित हात पारेको हो । नेपाललाई पहिलो क्वाटरमा भुटानले कडा चुनौती पेश गरेपनि बाँकी तीन क्वाटरमा भने चुनौती पेश गर्न सकेन । नेपाल पहिलो क्वाटरमा १२–१० ले अघि […]

September 28, 2022

एपिएम टेवल टेनिसलाई सिओम नेपालको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान्स टेबल टेनिस प्रतियोगितालाई सिओम नेपालले मुख्य प्रायोजन गरेको छ । बुधबार सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एपिएमका निर्देशक दान बहादुर महता र सिओम नेपालका प्रवन्ध निर्देशक ज्याकी महर्जनले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार सिओम नेपालले प्रतियोगिताको अनुमानित लागत रकमको ४०% (अक्षरुपी पाँच […]

September 27, 2022

राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदको मुख्य ट्रफ्री मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको उपस्थितिमा वीरेन्द्रनगरमा ट्रफी प्रदर्शन गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुदको ट्रफ्री टुरका लागि ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा […]

September 27, 2022

राखेप र संघहरुबीच अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले दुई हफ्ता मात्र बाँकी रहेको बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सन्दर्भमा कही केही कमी कमजोरी छ भने त्यसलाई सुधारेर जान मातहतका सबै निकायहरुलाई निर्देशन दिएको छ । नवौं राष्ट्रियमा सहभागी ३६ वटै खेल संघका पदाधिकारीहरु, नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति र विभिन्न उपसमितिबीचको अन्तरक्रिया कार्यक्रममा […]

Success

Thank you for your time.