default_image

General

October 10, 2022

राष्ट्रिय खेलकुदको ट्रफी गण्डकी प्रदेशमा सार्वजनिक

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर आयोनास्थल गण्डकी प्रदेश आइपुगेको छ । सहभागी ६ प्रदेशको राजधानी र ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) को मुख्यालय पुर्याएर ट्रफी अर्को साता उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदको आयोजक प्रदेशको राजधानी पोखरा ल्याइएको हो । पोखरामा सोमबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले ट्रफी सार्वजनिक गरेका छन् । […]

October 10, 2022

प्रतिभा र सलिनासहित बागमतीको भलिबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा माली र लिबेरो सलिना श्रेष्ठलाई समेट्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशको महिलातर्फको भलिबल टोलीको घोषणा भएको छ । माधव केसी संयोजक रहेको तीन सदस्यीय छनोट समितिले नवौंको लागि १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिको सदस्यमा प्रशिक्षक कुमार राई र उत्सव […]

October 4, 2022

राजवंशी तेस्रोटक एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कोषाध्यक्षमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष निरञ्जन राजवंशी पुनः विजयी भएका छन् । इटलीको रोममा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस) को ८४औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनको प्रतिद्धन्दी मंगोलियाका चुल्तेन ओड्गोनबाटार […]

October 1, 2022

नेपाली क्यान्डिडेट मास्टर थापाको विजयी यात्रा जारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् । प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरेभने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे । तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले […]

October 1, 2022

तेक्वान्दो टोली स्लोभेनिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आठौं आईटीएफ तेक्वान्दो वल्र्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन् । अक्टोबर १ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा भिसम छन्त्याल, सम्झना कुँवर, अनिशा छन्त्याल, थमप्रकाश छन्त्याल, बेगम छन्त्याल, सन्दिप चौधरी र तारा छन्त्यालले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा अभिषेक छन्त्याल, व्यवस्थापकमा […]

October 1, 2022

सन्जिव र सन्जित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – मनमैजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सन्जिव तामाङ र सन्जितकुमार राईलाई शनिबार सम्मान गरेको छ । मनमैजुस्थित मनमैजु उमा कुङफु स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदन–प्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरिएको हो । तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, नेपाल उमा कुङफु संघका […]

October 1, 2022

लुम्बिनीलाई सुदूरपश्चिम राजधानी कपको उपाधि

धनगढी (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा कर्णाली प्रदेशलाई सडनडेथमा १०–९ ले हराउँदै लुम्विनीले उपाधि जितेको हो ।त्यसअघि निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो । उपाधिसँगै […]

October 1, 2022

भारतमा रोज र सानियालाई रजतपदक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा जारी ब्याडमिन्टन एसिया दक्षिण एसियाली जुनियर रिजनल च्याम्पियनसिपअन्तरगत यू१७ गल्स डबल्समा नेपाली खेलाडी रोज पाण्डे र सानिया चन्दको जोडीले रजत पदक जितेका छन् । शुक्रबार भएको फाइनलमा रोज र सानियाको जोडी भारतीय जोडी ऐसानी तिवारी र रामु रुजुला सँग ४–२१ र ९–२१ ले पराजित हुँदै रजतमा सीमित बनेका हुन् […]

September 30, 2022

वडा दशैं महाभिडन्तको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा ‘बडा दशैं महाभिडन्त’ रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिता शनिबार नुवाकोटको गुर्जेस्थित कालिका माविको प्राङ्गणमा हुँदैछ । प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । हेभी वेट विधाको विजेताले १५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट […]

September 30, 2022

आईटीएफको सिनियर डान ग्रेडिङ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वरस्थित नेपाल आईटीएफको केन्द्रिय प्रशिक्षण सेन्टरमा शुक्रबार सिनियर डान ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २ जनालाई छैठौं डान र एक जनालाई पाँचौं डान प्रदान गरिएको नेपाल आईटीएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । छैठौं डान प्राप्त गर्नेमा राजमन्दिर श्रेष्ठ र गोपाल श्रेष्ठ रहेका छन् भने राजेश बुलाखेले पाँचौं डान […]

Success

Thank you for your time.