October 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोन र स्वस्थानी श्रेष्ठ नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला स्क्वासको स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा पहिलो सेमिफाइनलमा विपनाले आफ्नै प्रदेशकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । विपनाले भावनामाथि ११–८, ११– ४ र ११–५ सहज जित […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको १ सय मिटर रिलेको महिलामा त्रिभुवन आर्मी क्लब र पुरुष तर्फ एपिएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको प्रतिस्पर्धा आर्मीको टोलीले ४९.६० सेकेन्डमा रिले पूरा गर्दै स्वर्ण जितेको थियो । आर्मीको टोलीमा रमिता गुरुङ , सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा रहेका छन् […]
October 19, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फको स्वर्ण जित्दा बागमती प्रदेशले कास्य जितेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाज्माई ३–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भयो । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा बुधबार भएको फाइनलको पहिलो सेट एपिएफले २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राएथलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राएथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् । पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० […]
October 19, 2022
पोखर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका लागि निशा बलालले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण पदक जितेकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल समूहमा निशालले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लिन एण्ड जर्कमा ७७ गरी कुल १ सय ३९ केजी भार बहन गर्दै एपिएफलाई […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद महिला हक्कीमा स्वर्ण पदक जितेको छ । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलको मैदानमा बुधबार भएको फाइनल गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सितामाया बलले गोल गरे । निर्धारित समय १–१ को बराबरीमा […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद– गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरीमा टिम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको प्रतियोगितामा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित १२ पदकका साथ विजेता बनेको हो । त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, १ रजत र ५ कास्यसहित कुल ९ पदकका साथ दोस्रो भयो । तेस्रो […]
October 19, 2022
खरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले नवौं राष्ट्रिय खेलकुदको ८ सय मिटरमा स्वर्ण पदक जितेका छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा बुधबार १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नेपाल पुलिस क्लबका तेजबहादुर कार्की रजत र आर्मीका सुनिल सुनारले कास्य पदक […]
October 19, 2022
बेनी (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । म्याग्दीको बेनीमा मंगलबार सम्पन्न तेक्वान्दामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ पुलिस पदक तालिकाको शीर्षस्थानमा ररह्यो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको त्रिुभवन आर्मी क्लब दोस्रो, ३ स्वर्ण, २ रजत र […]