default_image

General

October 30, 2022

कराते टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय गोल्फुटार डोजोका खेलाडी भारतको गोवा प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामाा सनम बोहरा, दशरथ तामाङ, लक्ष्मण तामाङ, सुशान्त तामाङ, वृषा गुरुङ, प्राण्जली रिजाल, सम्झना चौलागाईं, प्राज्ना उपाध्याय, सौजन मधीकर्मी, एरिश शर्मा र राज तामाङ रहेको टोलीको […]

October 30, 2022

भारतमा हुने रग्वी १५ का लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकतामा हुने डिभिजन ३ रग्वी १५ प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । टोलीका मुख्य प्रशिक्षक टंकराज गिरीले सोमबार देखि सुरु हुने प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई बोलाएका हुन् । रग्वी डिभिजन ३ नोभेम्वर १९ देखि २५ नोभेम्वरसम्म भारतको कोलकातामा हुँदैछ । नेपालले १९ अक्टोवरमा भारत […]

October 23, 2022

प्रतिभा चन्द्रागिरि स्पोर्टस् अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली चन्द्रागिरि स्पोर्ट्स अवार्डबाट सम्मानित भएकी छिन् । चन्द्रागिरि स्पोर्टस् एकेडेमीले प्रतिभालाई शनिबार पाँचौं संस्करणको नैकाप गोल्डकपको फाइनल दौरान अवार्डबाट सम्मानित गरेका हुन् । अवार्डसँगै उनले ५० हजार रुपैयाँ हात पारेकी छिन् । उनलाई नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र क्लबका अध्यक्ष […]

October 22, 2022

आईटीटीएफ लेभल टु कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिने आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ । लैनचोरस्थित टेबल टेबल प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो ।कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्नेछिन् । उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । नेपालमा आईटीटीएफको लेभल […]

October 21, 2022

आमा बनेको ४५ दिनमा प्रशिक्षण, १२ महिनामै स्वर्ण

भूपेन्द्र जि.सी., पोखरा सामान्यतया आमा बनेपछि शारीरिक कमजोरीले महिनौंसम्म पूर्ण रुपमा हिँडडुल गर्न गाह्रो पर्छ । खेलमा फर्कन त त्यो भन्दा धेरै समय लाग्छ । खेलकुदमा आमा बनेपछि सक्रिय रुपमै खेलमा फर्कने महिलाको संख्या कम छ । फर्केपनि केहि समय लिएर फर्कन्छन् । बलियो इच्छाशक्तिकै आडमा स्क्वासकी विपना ब्लोन आमा बनेको डेढ महिनामै प्रशिक्षणमा फर्किइन् […]

October 20, 2022

जिम्न्यास्टिकमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो । बागमती प्रदेशले […]

October 20, 2022

उसुमा आर्मी र एपिएफ हावी

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन् । आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ । विभागीय पुलिसले १ […]

October 20, 2022

जुडोमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लव च्याम्पीयन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पीयन भएको हो । आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ […]

October 20, 2022

टेनिसमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा नेपाली सेना चार स्वर्ण सहित दस पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन […]

October 20, 2022

कबड्डीमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा सम्पन्न पुरुष फाइनलमा लुम्बिनी प्रदेशलाई ४१–२० ले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ ले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी […]

Success

Thank you for your time.