November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक नेक्ससका प्रिन्सिपल आरबी कट्वालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रिन्सिपल कट्वालले आगामी […]
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक माविको आयोजनामा १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा जम्मा ४९ टिमको सहभागिता रहने भ्याली पब्लिक ब्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान […]
November 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराइरहेका फुटबल खेलाडी प्रिजेन तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रिजेनलाई स्वास्थ्य उपचारका लागि राखेपले २ लाख र कोषले ३ लाख गरि ५ लाख रुपैयाँ बिहीबार हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका […]
November 23, 2022
ललितपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकलतर्फ हुम्लाका दशरथ बुढालाई २१–१२ र २१–९ को सोझो सेटमा पराजित गर्दै पविन दोस्रो चरणमा प्रवेश गरेका […]
November 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति नै निर्विरोध चयन गरेको छ । जापानको टोकियोस्थित सिनओकुवोमा मंगलबार भएको दोस्रो अधिवेशनले आगामी दुई कार्यकालका लागि बस्नेतको अध्यक्षतामा पुरै कार्यसमिति नै निर्विरोध चयन गरेको हो । प्रथम उपाध्यक्षमा भिक्टर ठाडा मगर, उपध्यक्षमा दिपेश खत्री र बसन्त थापा निर्वाचित […]
November 22, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डी को दोस्रो खेलमा फ्रान्सले अष्ट्रेलियाको सामना गर्दैछ । खेल अल जानुब रंगशालामा मध्यरात १२:४५ बजे हुनेछ । पछिल्लो संस्करणमा पनि यी दुई टोली समूह चरणको पहिलो खेलमा भिडेका थिए । फ्रान्सले अष्ट्रेलियालाई २-१ ले पराजित गर्दै उपाधि यात्रा सुरु गरेको थियो । फ्रान्स सन् […]
November 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसका वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबल टेनिस युनियनको उपाध्यक्ष चयन भएका छन् । थाइल्यान्डमा शुक्रबार भएको विशेष साधारण सभाले गौतमलाई दक्षिण एसियाली क्षेत्रिय उपाध्यक्ष चयन गरेको हो । एसियाली मुलुकले नेपाललाई पनि प्राथमिकता दिएमा खुसी व्यक्त गर्दै गौतमले आफ्नो चयनलाई नेपाली टेबल टेनिसको सम्मानको रुपमा लिएको बताएका छन् । गौतमले […]
November 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको मार्सेली शहरमा हालै सम्पन्न भएको एफआईए विश्व मोटर स्पोर्टस च्याम्पियनसिपमा सहभागी भएको नेपाली टोलीलाई नेपाल अटोमोवाइल एसोसियसन (नासा) ले सम्मान गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ ले खेलाडीहरु अनिल कुमार बराल, दिप्रश शाक्य, जिस्वान तुलाधर एवं अफिसियल यदुराम लामिछाने र सिर्जना बराल लाई बिहीबार सम्मान गरेका […]
November 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् । भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को […]
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय कुङफु फेडरेसनको आयोजनामा हुने १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली उमा कुङफुको निर्णायक टोली बुधबार भारतको लखनउ प्रस्थान गरेको छ । नोभेम्बर १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धव थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गर्ने […]