December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिना विश्व पौडी च्याम्पियनसिपको १३ औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्ने भएको छ । डिसेम्बर १३ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० र १ सय मिटर बे्रस्टस्ट्रोकमा विकास कुमाल र १ सय र २ सय मिटर फ्रिस्टायलमा एल्भिन श्रेष्ठले नेपालको […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युरो किड्स, गोंगबु/काठमाडौं युरो स्कुलले दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । विद्यालयको वार्षिक खेलकुद सप्ताहका अवसरमा दुवैलाई सम्मान गरिएको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक डा. दीपक गुप्ता, निर्देशकहरु ज्ञानेन्द्रमान जोशी, राजाराम पुडासैनी र राजन […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा सहभागी हुने राष्ट्रका कप्तानले प्रतियोगिताका लागि आफूहरु तयार रहेको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताउदै उत्कृष्ट नतिजा ल्याउनका लागि मैदानमा उत्रने बताएका छन् । प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी पब्लिक बोर्डिङ स्कुल र शुभकामनाले टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् । दुवैले दोहोरो जित निकाले । मैपीस्थित घरेलु कोर्टमा गण्डकीले इमेजलाई १९–५ र महर्षीलाई १३–१२ तथा शुभकामनाले ल्यान्डमार्कलाई २२–५ र संस्कृतिलाई १७–१४ ले पराजित गरे । टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगितामा तेजस्वी […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी सरला दनुवार तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरे । महिला ५० केजीमाथि सिन्धुपाल्चोककी […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सृजना घिसिङले विश्व पारा तेक्वान्दोको ग्राण्ड प्रिक्स (जी१०) मा ऐतिहासिक स्वर्ण जितेकी छन् । याे नेपाली पारा तेक्वान्दोकाे इतिहासमा ग्राण्ड प्रिक्समा पहिलाे ऐतिहासिक हाे । साउदी अरेबियाको रियादमा बिहीबार राति भएको फाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी टर्कीकी क्याभडर मेरयेम बेटुललाई १२–० अंकका आधारमा पराजित गर्दै ऐतिहासिक स्वर्ण जितेकी हुन् […]
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र बेस्ट ग्रुप भिजन एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले लोयल्टी एकेडेमीलाई ४–० गोलले पराजित ग¥यो । नेक्ससका अनिश थापा मगरले २ तथा देवराज मगर र दिलन लिम्बूले १–१ गोल गरे । बेस्ट […]
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपालकी नविता श्रेष्ठले विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितामा बिहीबार जित हात पारेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्सको समूह ‘एच’ मा नविताले श्रीलंकाकी तमाद काभिन्द्या अलागीयावाडुलाई ११–३, ११–९ र १२–१० को सोझो सेटमा पराजित गरिन् । सोही समूहको अर्को […]
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ बिहीबार नेपाल आएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् । दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको […]
December 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ चिकित्सक प्रा.डा. अशोक बाँस्कोटालाई अखिल नेपाल खेलकुद संघले सम्मान गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी र पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले वरिष्ठ अर्थोपेडिक चिकित्सक प्रा.डा. बाँस्कोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । […]