December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली ११ स्वर्ण पदकका साथ दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिवार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्यो। नेपाल सो क्योकुसिन कराते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपाल सहित भारत, […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको समूह ‘ए’ बाट मलेसिया ९ अंकसहित विजेता तथा भारत ५ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । समूह ‘बी’ बाट युएइ ९ अंकसाथ विजेता तथा दक्षिण कोरिया […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवोदित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित हात पारेको नवोदितले शुभकामनालाई २०–१० तथा ल्यान्डमार्कलाई ३०–१५ ले पराजित ग¥यो । क्वाटरफाइनलमा नवोदितको भेट इडिफाइसंग हुनेछ । बाँकी क्वाटरफाइनल ह्वाइट हेभन र तेजस्वी, महर्षी र स्वेता सदन तथा बेलमोन्ट र लालीगुराँसबीच हुनेछ ।
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंले तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काठमाडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोश्रो भयो । तेश्रो स्थानको सिन्धुपाल्चोकले १ स्वर्ण, ३ […]
December 10, 2022
काभ्रे (हाम्रो खेलकुद) – बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नम्वर ४ को भूमिमाता युवा क्लबले चुमेको छ । प्रतियोगितामा वडा नम्वर ४ कै गणेशस्थान युवा क्लब दोश्रो भयो । वडा नम्वर ६ को स्टार युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न सफल भएकी छिन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिपर्धा गर्दै कपालीले महिला मोडल फिजिक्स विधामा पदक जित्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए । यससँगै नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै […]
December 10, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् । नेपालगन्जमा शनिबार बिहान भएको म्याराथनमा खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपिएफका किरण सिंह बोगटीले जितेका थिए । उनी गत संस्करणमा चौथो भएको थियो […]
December 10, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका प्रज्वलमान शाक्यले तेश्रो स्थान प्राप्त गरेका छन् । थाईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूमा ९ जना प्रतिस्पर्धीबाट प्रिजजिङ राउण्ड पार गर्दै २ भारतीय, एक थाई र बहराइनका खेलाडीसँगै फाईनलका लागि […]
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागीता जनाउने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को समूह शीर्ष स्थानमा रहँदै चार खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिप छनोटमा स्थान बनाएका हुन् । संयोग कपालीले लगातार दोस्रो जित […]