December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बोरिस अधिकारी र आयुषमान हजुर घलेले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । पहिलो दिन ब्वाइज सिंगल्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा बोरिस र आयुषमानले जित हात पारेका हुन् ।सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बोरिसले भारतका पुगाज्सेभेललाई ६–० र ६–० तथा […]
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियको मेल्बर्न बास्केटबल लिगमा नेपाली खेलाडी सुमित थापाको टोली ग्रिनफिन्स च्याम्पियन बनेको छ । सुमितको टोली ग्रिनफिन्सले गोल्डबक्सलाई ६०–५१ ले पराजित गर्दै उपाधि जितेको हो । सो खेलमा सुमितले व्यक्तिगत १३ स्कोर गरेका थिए । करिब ७ वर्षअघि सुमित अध्ययनका लागि अस्ट्रेलिया गएका थिए ।
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता २ सर्किटमा हुनेछ । पहिलो सर्किट सोमबारदेखि हुन लागेको हो । एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ […]
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुषतर्फ तथा युएई महिलामा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग¥यो । त्यसअघि आइतबारै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले […]
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवोदित स्कुलले टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । प्रतियोगिताको फाइनलमा नवोदितले स्वेता सदनलाई ५३–३० ले पराजित ग¥यो । नवोदितका पुजन थपलियाले ३२ स्कोर गरे । पुजननै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । मैपीस्थित गण्डकी पब्लिकको कोर्टमा भएको प्रतियोगितामा ह्वाइट हेभन […]
December 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश ढामा आयोजना हुने पाँचौं संस्करणको अन्तर्राष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुनियर एथलेटिक्स टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिपमा यू–१७ का ७ जना र ४ अफिसियल गरि ११ जना त्यसतर्फ प्रस्थान गरेका हुन् । पाँचौं संस्करणको अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिप ढाकामा मंसिर २७ देखि २९ […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित ग¥यो । नेक्ससका अंकित आले मगरले २ तथा राज मगर र अनिश थापा मगरले १–१ गोल गरे । उपाधिसंगै नेक्ससले […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिता २ सर्किटमा हुनेछ । पहिलो सर्किट सोमबारदेखि हुन लागेको हो । एकेडेमीको यो पहिलो जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता हो । एकेडेमीले विगतका १९ […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ६ खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी दक्षिण एसियाली क्षेत्रीय च्याम्पियसिपको छनोटमा शीर्ष १६ मा रहँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् । पुरुषतर्फ […]
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली किक बक्सिङ च्याम्पियसिपमा सहभागी हुन दिवान्स श्रेष्ठ र सन्जित शाही शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । डिसेम्बर १० देखि १८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा दिवान्स श्रेष्ठ तथा ७४ केजीमा सन्जित शाहीले प्रतिस्पर्धा गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबारै एक […]