December 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आयुशमान हजुर घले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा आयुशले पाकिस्तानका जोहेब अफ्जल मलिकलाई ७–६(२) र ६–० को सेटमा पराजित गरे । ब्वाइज सिंगल्समै बंगलादेशका मोहम्मद तन्विर मुन तुसारले […]
December 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेकाे छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायत पदाधिकारी, खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतले स्व. सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । […]
December 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मोर्डन इन्डियन, विद्या संस्कार र सेन्ट जेभिएर स्कुल २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी भएका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा मोर्डन इन्डियन स्कुल चोभारले गोदावारी आवासिय स्कुल गोदावारीलाई ५–० को भारी अन्तरले पराजित गरेको छ । मोर्डनको जितमा प्रपन्न […]
December 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मान बहादुर श्रेष्ठ र दिल सुनार तथा कोपिला उप्रेती र कमला पुनकाे जाेडी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपका लागि छनाेट हुन सफल भएका छन् । नेपाल भलिबल संघले मंगलबार गरेकाे अन्तिम छनाेट खेलमा जित निकाल्दै उनीहरु छनाेट हुन सफल भएका हुन् । एसियन सेन्ट्रल जोन सिनियर […]
December 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । सोही दिन किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल ७ पुसमा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी […]
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फर सुभाष तामाङ र सद्भाव आचार्यले भारतको १२१औं अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाल गल्फ संघले सुभाष र सद्भावले मंगलबारदेखि शुरु हुने १२१औं अल इन्डिया एमेच्योर च्याम्पियनसिप खेल्ने जनाएको छ । अल इन्डिया एमेच्योर च्याम्पियनसिप मुम्बईस्थित बम्बे प्रेसिडेन्सी गल्फ क्लबमा मंगलबारदेखि शुरु हुँदैछ । च्याम्पियनसिपका लागि सुभाष […]
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जल्स स्कुल हात्तीवन र त्रियोग स्कुल धापासीले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालयस्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा सोमबार देखि शुरु भएको खेलमा लिटिल एन्जल्सले भक्तपुर निस्टमाथि ५–२ को फराकिलो जित निकालेको हो । लिटिल एन्जल्सको जितमा आयुष मान थापा र […]
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राईनास सेवा समाज लमजुङको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक राईनास सेवा समाजले प्रतियोगिता मंसिर २९ र पुस १ गते गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा हुने जानकारी गराएको छ । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई […]
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) –विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सृर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गरेका थिए । रियादमा बिहीबार राति भएको फाइनलमा […]
December 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा आयोजना भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । यसैगरी सोनमले पुरुषको ५८ केजीमुनिको तौल समूहमा पहिलो स्थान हात पारेका हुन् । प्रतियोगितामा नेपालले सात […]