December 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको सिक्किममा भएको पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको गण्डकी प्रदेश च्याम्पियन बन्न सफल भएको छ । आइतबार भएको फाइनलमा भारतको मणिपुर भलिबल टिमलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो । प्रतिस्पर्धात्मक पहिलो सेट गुमाएको गण्डकीले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भएको हो । […]
December 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जल्स स्कुल हात्तीवन ललितपुर र मोर्डन इन्डियन स्कुल चोभार काठमाडौं २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा आइतबार भएको खेलमा त्रियोग हाई स्कुल धापासीलाई ८–० ले पराजित गर्दै लिटिल एन्जल्स अन्तिम आठमा क्वाटरफाइनलमा पुग्न सफल भयो […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सोल्टी ११ को आयोजनामा पाचौँ संस्करणको सोल्टी ११ नकआउट खुल्ला फुटसल प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । प्रतियोगिता पुस ९ गते शनिबार गोङ्गबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा हुने आयोजकले जानकारी गराएको छ । सोल्टी ११ ले गुरुङ (तमु) हरुको नयाँ वर्ष अर्थात तमु ल्होछारको पुर्वसन्ध्यामा विगत चार वर्षदेपख यो प्रतियोगिता […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माया युनिभर्स एकेडेमी तनहुँले २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा फराकिलो जित निकालेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा शनिबार भएको खेलमा माया युनिभर्सले आदर्श विद्या मन्दिरमाथि ११–० को फराकिलो जित निकालेको हो । मायाको फराकिलो जितमा इवास विकले ह्याट्रिकसहित ४ गोल गरे । अमिर […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सप्तरी जिल्ला क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा राजविराजमा संचालित जिल्ला स्तरिय अन्तरविद्यालयक्रिकेट प्रतियोगितामा पिसल्यान्ड र शिब्स स्कुल विजयी भएका छन् । शनिवार पविमाविको खेलमैदानमा पहिलो खेलमा टस जितेर पिसल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । पिसल्यान्डका अभिषेक मण्डलले ४२ रन, मनु दास २७, […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका जे के सिनद्वारा लिखित रुट अफ नेपाल तेक्वान्दो नामक पुस्तक शनिबार विमोचन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, पूर्व मन्त्री किसान श्रेष्ठ, पूर्व मन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा शनिबार च्याम्पियन बनेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितिन् । यसअघि शिभालीले नेपालकी स्वस्तिका विष्टसंग मिलेर गल्र्स डबल्समा स्वर्ण जितेकी […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शनिबारदेखि सञ्चालनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गरे । सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधा बाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – परिवर्तन युवा क्लब सिम्ले लमजुङको आयोजनामा दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । आयोजक परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले गाँउको आयोजनामा दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता पुस १० देखि १४ गतेसम्म हुने जानकारी […]
December 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लमजुङ फुटबल क्लब (एफसी) ले प्रथम राईनास सेवा समाज खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई ३–१ ले पराजित गर्दै लमजुङ एफसीले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै लमजुङ एफसीले ६० हजार रुपैयाँ र शिल्ड जितेको छ । दोस्रो भएको ढुकुले […]