December 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आज (बिहीबार) देखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा घरेलु टाेली बंगलादेशसँग हार बेहोरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाल घरेलु तथा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो । कप्तान धिरोज कुमार बस्नेत, रवि […]
December 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आज (बिहीबार) देखि बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आजदेखि शुरु हुने च्याम्पियनसिपमा नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । पछिल्लो समय उमेर समूहमा उत्कृष्ट प्रदर्शन […]
December 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्स सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६–१, २–६ र ६–४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् । उक्त स्पर्धामा भारतकी […]
December 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मोर्डन इन्डियन स्कुल चोभार काठमाडौं र नेपाल डन बस्को स्कुल लुभु ललितपुरमा जारी २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा बुधबार भएको क्वाटरफाइनलमा सफलता हात पार्दै मोर्डन र डन बस्कोले अन्तिम चारको यात्रा तय गरेका हुन् । […]
December 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सुमन थापा मगर र इशान सापकोटाले राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस, कोलकाता ब्रान्चेस) मा स्वर्ण जितेका छन् । पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाएका छन् । भारतको कोलकातामा डिसेम्बर १७ देखि १८ तारिखसम्म भएको […]
December 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान, आद्या पौडेल र स्वस्तिका विष्ट २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले माल्दिभ्सकी नबा निशानलाई ७–५ र ७–५, आद्याले ओमानकी आइशा अल बुसाइदीलाई ६–३ र ६–३ तथा स्वस्तिकाले भारतकी हनी जुमानी गौरवलाई ६–३ […]
December 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली यू२३ भलिबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् । १९ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशकाे ढाका प्रस्थान गरेको हो । काभा यू२३ भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । नेपाल भलिबल संघले यू२३ पुरुष भलिबल टोली […]
December 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ६ खेलाडीले २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को पहिलो दिन सोमबार विजयी सुरुआत गरेका छन् । सिंगल्सको ब्वाइजमा ४ तथा गल्समा २ खेलाडीले जित निकालेका हुन् । पहिलो दिन ब्वाइजमा ८ र गल्समा ६ खेलाडीले नेपालको चुनौती पेश गरेका थिए । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज […]
December 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सेन्ट जेभियर स्कुल डिओनिया झापा, भक्तपुर निस्ट र नेपाल डन बस्को स्कुल लुभु ललितपुरमा जारी २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सफलता हात पार्दै सेन्ट जेभियर डिओनिया, भक्तपुर निस्ट र […]
December 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत गरी कुल १२ पदक प्राप्त गर्न सफल भएकाे छ । प्रतियोगिता रेफ्रि एवं नरहरिपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले नेपालले कुल १२ पदक जित्न सफल भएकाे जानकरी गराए । मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न […]