default_image

General

December 24, 2022

आयोजक सेन्ट जेभियर र माया युनिभर्स फाइनलमा

काठमाडौं (हाम्राे खेलकुद) – आयोजक सेन्ट जेभियर र माया युनिभर्स तनहुँ ललितपुरमा जारी २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सेन्ट जेभियर र माया युनिभर्सले आ–आफ्नो खेलमा सफलता हात पार्दै उपाधि नजिक पुगेका हुन् । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा आयोजक सेन्ट […]

December 24, 2022

रंगशालामा १०औं किन्डर ओलम्पिक सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – सानैदेखि विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले शनिबार दशरथ रंगशालामा १०औं किन्डर ओलम्पिक २०७९ आयोजना गरिएको छ । दुई चरणमा किन्डर ओलम्पिक गरिएको थियो । पहिलो चरण पुसको पहिलो शनिबार (पुस २) आयोजना भएको थियो । त्यसमा १५ किन्डर गार्डेन स्कुलका विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । आयोजक अर्ली चाइल्डहुड एजुकेसन […]

December 24, 2022

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भाेलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ । श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० […]

December 24, 2022

राजवीर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा सहजै पराजित गरे । पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट– १ मा भने राजवीर […]

December 24, 2022

ब्यायाम मन्दिरद्वारा खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो बार्षिक साधारण सभाको अवसरमा खेल पत्रकार, खेलाडी तथा विभिन्न ब्यक्तित्वहरुलाई शनिबार सम्मान गरेको छ । ज्याठास्थित मन्दिरले आफ्नो २२औं साधारण सभाको अवसरमा आफ्नै हलमा आयोजित कार्यक्रममा मन्दिरले पाँच खेलकुद पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरुमा नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, […]

December 24, 2022

नेपालले सेमिफाइनलमा अपराजित बंगलादेशसँग खेल्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा अपराजित रहेको घरेलु टाेली बंगलादेशसँग खेल्नुपर्ने भएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै बंगलादेश अपराजित रहँदै शीर्षस्थानमा रह्यो । राउन्ड रोविन लिगमा घरेलु टाेली बंगलादेश अपराजित रहने एक्लाे टाेली हाे […]

December 24, 2022

किर्गिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग हार बेहोरेको छ । नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो । बंगलादेश र श्रीलंकासँग समान ३–० को सोझो सेटमा पराजित भएको नेपालले किर्गिस्तानविरुद्ध सानदार प्रदर्शन गर्दै दुई सेट लिदै अंक बटुल्न सफल भएको […]

December 24, 2022

काभा यु२३ भलिबल च्याम्पियनसिप – नेपालले किर्गिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आज (शनिबार) किर्गिस्तानसँग खेल्दैछ । यो खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ । बलियो किर्गिस्तानलाई स्तब्ध पार्दै नेपाल च्याम्पियनसिपमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । […]

December 23, 2022

बागमती प्रदेश बृहत खेलकुदमा ४ खेल र टिम थपिने

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुदको दोश्रो संस्करणमा ४ नयाँ खेल र टिम थपिने भएको छ । परिषद्का अध्यक्ष बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले उक्त निर्णय गरेको हो । थपिने ४ खेलमा पौडी (खुला), जुडो, उसु र आईटीएफ तेक्वान्दो […]

December 23, 2022

दिवान्सलाई सदस्य सचिव घिसिङको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली किक बक्सिङ च्याम्पियनसिपका कांस्य विजेता दिवान्स श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बधाई दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा भेट गरी सदस्य–सचिव घिसिङले दिवान्सलाई सफलताका लागि बधाई दिएका हुन् । डिसेम्बर १० देखि १८ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५७ केजीमा दिवान्सले २ राष्ट्रका खेलाडीलाई हराउदै कांस्य […]

Success

Thank you for your time.