default_image

General

December 28, 2022

बिच भलिबलमा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा शुरु भएको एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा नेपालको दुवै (पुरुष र महिला) टोलीले विजयी सुरुवात गरेका छन् । बुधबार बिहान भएको पुरुषतर्फको खेलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको नेपाली जोडीले बंगलादेशको जोडीमाथि २–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । […]

December 27, 2022

ईन्द्र र सुलभको जित

ललितपुर (हाम्रो खेलकुद) – थाइल्यान्डको राजधानी बैंककमा २०२३ जनवरी १६ देखि २८ तारिखसम्म हुन गइरहेको अन्डर २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप छनौटमा शुलभ माली र ईन्द्र सुनारले जित हासिल गरेका छन् । नेपाल बक्सिङ संघको आयोजनामा गत सोमबारबाट सुरु भएको खुला छनौट प्रतियोगिताको दोस्रो दिन भएको ५७ केजि तौलसमूहको सेमिफाइनल खेलमा बोसीगाउँका शुलभ मालीले […]

December 27, 2022

सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन निरजलाई अग्रता

धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् । पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारे। नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४–अन्डर ६६ को स्कोरकासाथ […]

December 27, 2022

आरपी गुरुङ कपमा प्यारजुङ र बेत्यानी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – प्यारजुङ युथ क्लब ‘ए’ र बेत्यानीसँगै लाखाजुङ र सानो काभ्रे दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा विजयी भएका छन् । परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले लमजुङको आयोजनामा सोमबारदेखि शुरु भएको प्रतियोगिताको दोस्रो दिन प्यारजुङ ‘ए’ ले सिम्ले ‘सी’ लाई ३–१ ले पराजित गरेको हो । […]

December 27, 2022

एनभिए क्लब भलिबल च्याम्पियनसिप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप यसै महिना (पुस)काे अन्तिम सातादेखि आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

December 26, 2022

बिच भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा आयोजना हुने एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली बिच भलिबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपालको महिला र पुरुष बिच भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई गत साता नै नेपाल भलिबल संघले एक कार्यक्रमकाबिच बिदाई गरेको […]

December 26, 2022

आरपी गुरुङ कप खुल्ला फुटबल शुरु

काठमाडौं (हाम्रो खेलकुद) – परिवर्तन युवा क्लब सिम्ले लमजुङको आयोजनामा दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन कोल्की एफसी कोल्की, डाडाथोक साल्मे विजयी भएका छन् । परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्लेको नव निर्मित खेल मैदानमा सोमबार भएको पहिलो खेलमा कोल्की एफसी कोल्कीले […]

December 26, 2022

खेलकुद मन्त्रीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले मन्त्री महेश्वरजंग गहतराजलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी अध्यक्ष डा. देवराज रोका, नेपाल स्काउटका प्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायतले मन्त्री गहतराजलाई मायाको चिनो […]

December 26, 2022

सुष्मा एएसबीसी यू२२ मा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – सुष्मा तामाङ थाईल्याण्डको राजधानी बैककमा जनवरी १६ देखि २८ तारिखसम्म हुने यू२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा छनोट भएकी छिन् । सोमबार भएको राष्ट्रव्यापी खुल्ला छनोटको महिला ४८ केजी तौल समूहमा जेनेक्सका तेजीमाया गुरुङलाई अंकको आधारमा पराजित गर्दैै सुस्मा तामाङ युनानिमसको आधारमा विजयी हुँदै छनोट चरण पार गरेकी हुन् । महिला […]

December 26, 2022

माया युनिभर्सलाई फादर मोरान कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर स्कुलको चुनौती सहजै पन्छाउँदै माया युनिभर्स एकेडेमी तनहुँ २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । २०१९ को च्याम्पियन माया युनिभर्सले सेन्ट जेभियरलाई ४–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा सोमबार भएको फाइनलमा […]

Success

Thank you for your time.