default_image

General

January 2, 2023

पदक विजेता बिच भलिबल टोलीलाई सदस्यसचिव घिसिङको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बधाई दिएका छन् । सदस्य–सचिव घिसिङले ६ सदस्यीय टोली र संघका पदाधिकारीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाई दिएका हुन् । बंगलादेशको कक्स […]

January 2, 2023

उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुकाई कराते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ । वल्र्ड युनाइटेड मार्सल आर्टस् (उमा) बाट मान्यता प्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुसमा दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका […]

January 2, 2023

मामा–भान्जा, ब्रदर्श, कन्चन र सैलुङ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मामा–भान्जा, ब्रदर्श, कन्च र सैलुङ बाघढुंगा राजधानीमा जारी प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा किङ्स क्लब काठमाडौंलाई २९–२७ र २५–१६ ले पराजित गरी सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप अन्तिम चारमा पुग्न सफल भएको हो […]

January 1, 2023

ढोरपाटन, किङ्स र ब्रदर्श क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन स्पोर्ट्स क्लब ‘ए’, किङ्स क्लब र ब्रदर्श स्पोर्ट्स क्लब प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा न्युटन ‘सी’ लाई २५–२१ र २५–१९ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । यस्तै अर्काे […]

January 1, 2023

गण्डकीको भलिबल टोली घोषणा

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले अर्काे सातादेखि राजधानीमा शुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ । हरि कुमार श्रेष्ठ संयोजक रहेको तीन सदस्यीय छनोट समितिले आइतबार गण्डकीको पुरुषतर्फको १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिमा प्रदेश खेलकुद परिषद गण्डकीमा […]

December 31, 2022

ढोरपाटन, किङ्स क्लब बुढानिलकण्ठ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन स्पोर्ट्स क्लब ‘ए’, किङ्स क्लब र बुढानिलकण्ठ भलिबल क्लब समुह विजेता बन्दै प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार जेनेक्स भलिबल क्लबलाई २५–१८ र २५–१३ को सोझो सेटमा पराजित गर्दै ढोरपाटन ‘ए’ समूह ‘ए’ को विजेता […]

December 30, 2022

जन्मदनिमा न्यु डायमण्डको कर्भडहल निर्माणलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – ब्ल्याक हर्स सुजका प्रोपाइटर चिन बहादुर श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी कभर्ड हल निर्माणलाई आर्थिक सहयोग प्रदान गरेका छन् । ब्ल्याक हर्स सुजका प्रोपाइटर श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी शुक्रबार न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब काठमाडौं निर्माणधीन वर्षा ओत्ने भलिबल कभर्ड हल सहयोग अभियानमा १ लाख १ हजार १ सय १ […]

December 30, 2022

ब्रदर्श, ढोरपाटन र किङ्स क्लब प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ब्रदर्श स्पोर्ट्स क्लब, ढोरपाटन ए र किङ्स क्लब पहिलो ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार एन्जल्स हार्ट कलेजलाई २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरी अन्तिम १६ मा पुग्न सफल भएको हो । अब यो समूहबाट कञ्चन […]

December 30, 2022

अदालतको निर्णय कुर्दै तेक्वान्दो महासंघ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका दुई संघ खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेपछिको उत्पन्न विवाद तत्कालका लागि समाधानका लागि अब अदालतको निर्णय पर्खनुपर्ने अवस्था तयार भएको छ । प्रकाश शम्सेर राणाको अध्यक्षतामा रहेको तेक्वान्दो संघले युवा तथा खेलकुद मन्त्रालय, राखेपसहित ५ संस्थाविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको मुद्दाको किनारा नलाग्दा […]

December 30, 2022

सेन्ट्रल जोन बिच भलिबलमा मान र दिलको जोडी दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ दोस्राे भएको छ । बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा शुक्रबार बिहान भएको फाइनलमा माल्दिभ्सका एडाम नासिम र स्मेलको जोडीसँग २–० को सोझो सेटमा पराजित भएपछि च्याम्पियन बन्नबाट चुकेको हो । पहिलो सेट १३–२१ ले […]

Success

Thank you for your time.